• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेकपाभित्र यसरी चुलियो विवाद, शिवगढी बैठकपछि विप्लवको निशानामा थिए कञ्चन र सुदर्शन

    4K
    SHARES

    काठमाडौँ । स्थानीय निर्वाचनलाई लिएर नेकपा विभाजन भएको छ । चैत पहिलो साता शिवगढीमा बसेको केन्द्रीय समिति बैठकमा विप्लवले चुनाव उपयोग गरेर जाने प्रस्ताव पेश गरेका थिए । तर, बैठकमा सचिवालयका ५ जनामध्ये मन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले बैठकमा जान नहुने मत राखेका थिए ।

    नेता कार्यकर्ता जेलमा हुने झूटा मुद्दा बोकेर कार्यकर्ता चुनावमा भाग लिन नसकिने भन्दै ओली र बास्तोला पक्ष विप्लवको प्रस्तावको विपक्षमा उभिए । यी २ नेताहरुको लाइनलाई पार्टीका बहुमत केन्द्रीय सदस्यले साथ दिए।

    बैठकमा छलफल गर्दै जाँदा विप्लवको प्रस्ताव अस्वीकृत भएपछि ओली बास्तोला पक्ष केन्द्रीय समितिमा बहुमतमा पुगेका थिए । चुनावमा जाने विप्लवको प्रस्ताव अल्पमतमा परेपछि नेतृत्वको साख जोगाउन सुदर्शन र कञ्चनलगायतका नेताहरुले नै मध्यमार्गी बाटो खोजे ।

    पार्टीको सचिवालय, केन्द्रीय समिति, प्रदेश र जिल्ला समिति नेताहरु चुनावमा भाग लिन नपाउने तर स्वच्छ छवी भएको जुनसुकै पार्टिक उम्मेदवारलाई भने सघाउने निर्णय भयो ।

    त्यति मात्रै हैन यदि पार्टीका नेताहरुले चुनावमा भाग लिएमा पार्टीबाट राजीनामा दिएर जाने निर्णय भयो । तर, जब बैसाख ११ र १२ गते मनोनयन दर्ताको समय आयो पार्टी निर्णय विपरित विप्लव र प्रकाण्ड पक्षले केन्द्रीय सदस्यहरुलाई भकाभक निर्वाचनमा उम्मेदवारी दिन लगाए । त्यति मात्रै होइन चुनावमा नेकपा एमालेसँगै चुनावी तालमेल गरेर जान निर्देशन दिए ।

    तत्काल एमालेसँग तालमेल गरेर गएमा संघ र प्रदेशमा समेत सजिलो हुने भन्दै विप्लव प्रकाण्डले एमाले नेतासँग निकटता बढाउँदै लगे । विप्लव प्रकाण्डको रणनीतिक चाल पाएका ओली र बास्तोलाले मिडियामार्फत प्रतिवाद गरेका थिए ।

    १२ गते नै कञ्चनले पार्टी केन्द्रीय समितिको निर्णयबिपरित दिइएको उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै सचिवालयको तर्फबाट एक विज्ञप्ति जारी गरेका थिए । उक्त विज्ञप्तिपछि विप्लवले कञ्चनलाई फोन समेत गरेका थिए ।

    कञ्चनले पार्टी केन्द्रीय समिति बैठकको निर्णयबिपरित जाने नेता कार्यकर्ताहरुलाई सचेत गराएको र यसबारे बसेर छलफल गर्न आग्रह गरे तर केन्द्रीय समिति बैठकमा चुनावमा जाने आफ्नो प्रस्ताव फेला गराएदेखि नै कञ्चनसंग रुष्ट बनेका विप्लवले प्रकाण्डसंग सल्लाह गरेर कारवाही ठोके !

    अन्तमा चुनावकै विषयलाई लिएर सुदर्शन र कञ्चनलाई विप्लवले पार्टीबाट निकालेका छन् । पार्टीबाटै निष्काशनमा परेपछि अब ओली र बास्तोलाले बैठकबाट मात्रै निर्णयमा पुग्ने भएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ