• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    छलफल र बहसबाट भागेर विप्लवले विज्ञप्ति निकाले- कञ्चन

    23.6K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद अन्तत: छताछुल्ल भएको छ । पार्टी महासचिव विप्लवले आन्तरिक संघर्ष छताछुल्ल हुनेगरी बुधबार पार्टी सचिवालय सदस्य सुदर्शन र कञ्चनबिरुद्ध विज्ञप्ति जारी गरेपछि नेकपाभित्र तरंग पैदा भएको छ ।

    उक्त विज्ञप्ति आएलगत्तै नेता कञ्चनले भने विप्लव नै छलफल र बहसबाट भागेको बताएका छन्। हालै शिवगढीमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले गरेको निर्णयबिपरित नेकपा नेता कार्यकर्ताहरुले स्थानीय चुनावमा उम्मेदवारी दिएपछि कञ्चनले उम्मेदवारी फिर्ता लिन अपिल गर्दै विज्ञप्ति जारी गरेका थिए । त्यसपछि विप्लव रुष्ट बनेका हुन् ।

    ‘पार्टी केन्द्रीय समितिको आधिकारिक निर्णयबिरुद्ध नेता कार्यकर्ताहरु गएपछि त्यसो नगर्न अपिल गरेर मैले विज्ञप्ति जारी गरेको गरेको थिए ।’त्यसपछि यस्तो किन भनेर विप्लवजीको फोन आएको थियो !’ ‘सञ्चारकेन्द्रसँग कुरा गर्दै कञ्चनले भने- ‘मैले चाहिँ पार्टी, नेतृत्व, लाइन बचाउन यसो गरिएको हो । हामी अनविज्ञ छैनौं भनेर जनतालाई बुझाउनको लागि हो, काठमाडौँ आउनुहोस भेटेर छलफल गरौं, बिग्रिएको केहि छैन् भनेको थिए ।’

    तर छलफल र बहसबाट भागेर आज विप्लवले विज्ञप्ति निकालेको कञ्चनकाे दावी छ । ‘उहाँ काठमाडौँ आएर छलफल र बहस गर्नुको साँटो आज बिज्ञप्ति निकाल्नु भएछ ।’ उनले सञ्चारकेन्द्रसँग भने ।

    नेता कञ्चनले साेमबार सचिवालयको तर्फबाट स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका पार्टीका नेता कार्यकर्ताहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै विज्ञप्ति निकालेपछि विप्लवले आफुलाई फोन गरेको सञ्चारकेन्द्रलाई बताएका छन् ।

    विप्लवले बुधाबर एक बिज्ञप्ति जारी गर्दै नेकपा सचिवालय सदस्य कञ्चन र सुदर्शनलाई पदमुक्त गरेको बताएका छन् । बिप्लवको बिज्ञप्तिपछि नेकपा नेता कार्यकर्ताहरु निरास बनेका छन् ।

    बहुसंख्यक नेता कार्यकर्ताहरुले भने विप्लवको यो कमदलाई ‘सनक’ र ‘मनपरी’ को संज्ञा दिएका छन् । शिवगढीमा बसेको १२ औं पूर्ण बैठकले चुनावमा नजाने निर्णय गरे पनि विप्लव र प्रकाण्डले आफूनिकटका मान्छेहरुलाई ठाउँ-ठाउँमा उम्मेदवारी दिन लगाएका छन् ।

    यसरी चुलियो विवाद
    स्थानीय निर्वाचनलाई लिएर नेकपा विभाजन भएको छ । चैत पहिलो साता बसेको केन्द्रीय समिति बैठकमा विप्लवले चुनाव उपयोग गरेर जाने प्रस्ताव पेश गरेका थिए । तर, बैठकमा ओली र बास्तोला पक्षले बैठकमा जान नहुने मत राखेका थिए । नेता कार्यकर्ता जेलमा हुने झूटा मुद्दा बोकेर कार्यकर्ता चुनावमा भाग लिन नसकिने भन्दै ओली र बास्तोला पक्ष विप्लवको प्रस्तावको विपक्षमा उभिए ।

    बैठकमा छलफल गर्दै जाँदा विप्लवको प्रस्ताव अस्वीकृत भएपछि ओली बास्तोला पक्ष केन्द्रीय समितिमा बहुमतमा पुगेका थिए । अन्तमा पार्टीको सचिवालय, केन्द्रीय समिति, प्रदेश र जिल्ला समिति नेताहरु चुनावमा भाग लिन नपाउने निर्णय भयो ।

    यदि पार्टीका नेताहरुले चुनावमा भाग लिएमा पार्टीबाट राजीनामा दिएर जाने निर्णय भयो । तर, पार्टी निर्णय विपरित विप्लव र प्रकाण्ड पक्षले केन्द्रीय सदस्यहरुलाई निर्वाचनमा उम्मेदवारी दिन लगाए । त्यति मात्रै होइन चुनावमा नेकपा एमालेसँगै चुनावी तालमेल गरेर जान निर्देशन दिए ।

    तत्काल एमालेसँग तालमेल गरेर गएमा संघ र प्रदेशमा समेत सजिलो हुने भन्दै विप्लव प्रकाण्डले एमाले नेतासँग निकटता बढाउँदै लगे । विप्लव प्रकाण्डको रणनीतिक चाल पाएका ओली र बास्तोलाले मिडियामार्फत प्रतिवाद गरेका थिए । अन्तमा चुनावकै विषयलाई लिएर ओली र बास्तोलालाई विप्लवले पार्टीबाट निकालेका छन् । पार्टीबाटै निष्काशनमा परेपछि अब ओली र बास्तोलाले बैठकबाट मात्रै निर्णयमा पुग्ने भएका हुन् । यस्तो छ विप्लवको बिज्ञप्ति

    यस्तो थियो कञ्चनकाे बिज्ञप्ति

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया