• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    एमसीसी विरुद्ध विप्लव र बैद्यनिकट क्रान्तिकारी सङ्गठनद्वारा महेन्द्रनगरमा विरोध प्रदर्शन

    2.5K
    SHARES


    कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) कन्चनपुर र बैध्य माओवादी निकट अखिल ( क्रान्तिकारी )ले राष्ट्रघाती सम्झौता एमसीसी खारेजीको माग गर्दै विहिवार कञ्चनपुरको महेन्द्रनगरमा विरोध र्याली प्रदर्शन गरेको छ ।

    विरोध प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) कन्चनपुरका जिल्ला अध्यक्ष टेकेन्द्र पाठकले यो देशका संसदवादी दलालहरुले देशको राष्ट्रियता अमेरिकालाई बेचेको र यो देशको रक्षा र राष्ट्रिय स्वाधीनताका लागि आफुहरु निरन्तर संघर्षमा उत्रिने बताएका छन् ।

    उनले शरिरमा एक थोपा रगत रहुन्जेल देशका राष्ट्रघाती दलालहरुका बिरुद्ध आवाज बुलन्द गर्ने र आवश्यकतामा देशका निम्ति रगत दिन तयार भएर हिडेका बताए । यस्तै राष्ट्रघाती एमसीसी सम्झौता संसदवादी केहि दलालहरुले चोर बाटोबाट रातारात पास गरेको भन्दै उनले उक्त सम्झौता नेपाली भुमीमा लागु हुन नदिने पनि चेतावनी दिए।

    उक्त विरोध जुलुसमा राष्ट्रघाती सम्झौता एमसीसी खारेज गरौं, सयुक्त आन्दोलन जिन्दावाद, गो ब्याक अमेरिका, दलालहरु होसियार, संसदीय व्यवस्था मुर्दाबाद,अखिल क्रान्तिकारी जिन्दाबाद जस्ता नारा सहभागी आन्दोलनकर्ताले लगाएका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया