• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    को हुन् पुटिनकी ‘गोप्य छोरी’ जसले भर्खरै इन्स्टाग्राम डिलिट गरिन्

    1.6K
    SHARES


    काठमाडौं । सामाजिक सञ्जालमा ट्रोलको सिकार भएपछि पुटिनकी १८ वर्षे ‘गोप्य छोरी’ ले एकाएक आफ्नो इन्स्टाग्राम हेण्डल डिलिट गरेकी छिन् ।

    ट्रोलहरुको शिकार भएपछि हाल सेन्ट पिटर्सबर्गमा अध्ययनरत १८ वर्षे लुइजा रोजोभाले इन्स्टाग्राम हेण्डल डिलिट गरेकी हुन् ।

    युक्रेनमाथि रुसले आक्रमण गरेपछि उनको इन्स्टाग्राममा जथाभावी लेखेर ट्रोलहरुले उनलाई दुःख दिँदै आएका थिए ।

    उनलाई लक्षित गरी शेयर गरिएको एउटा पोष्टमा लेखिएको छ, “के तिमी बङ्करभित्र लुकिरहेकी छौ ? मुसा जस्तै ?”

    लुइजा रुसकी धनाढ्य‍‍ महिला एवम् महत्वपूर्ण रुसी बैंकको स्वामित्व समेत भएकी ४५ वर्षे स्वेतलाना क्रिभोनोगिखकी छोरी हुन् ।

    कुनै समय सफाईको काम गर्ने स्वेतलानाको अहिले भने कूल सम्पत्ति ५६ लाख अमेरिकी डलर र मोनाकोमा केही सम्पत्ति रहेको बताइन्छ ।

    रुसी स्वतन्त्र मिडियाहरुले राष्ट्रपति पुटिन लुइजाका पिता रहेको हुनसक्ने आशंका गर्दै आएका छन् । पुटिनले विवाह बाहिरको सम्बन्धबाट छोरी जन्माएको भनी दाबी गर्ने उक्त मिडियालाई रुसी अधिकारीले बन्द गरिदिएका थिए ।

    लुइजाले पनि रुसी जीक्यू म्यागजिनलाई दिएको अन्तरवार्तामा ‘सायद’ आफू युवा उमेरका पुटिनजस्तै देखिने बताएकी थिइन् । यद्यपि स्वेतलानाले पुटिन लुइजाका बाबु हुन् भन्ने विषयमा कुनै टिप्पणी गरेकी छैनन् ।

    डिलिट गर्नुअघि उनको इन्स्टाग्राममा ८४ हजार फलोअर्स थिए । अहिले उनको अकाउन्ट खोज्दा इन्स्टाग्राममा रुसी भाषामा ‘प्रयोगकर्ता भेटिएन’ भन्ने सन्देश आउने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    यस्तै युक्रेनमा रुसले धावा बोलेपछि दुई साताको अवधिमा झन्डै ५,००० देखि ६,००० रुसी सैनिकको मृत्यु भएको अमेरिकाले अनुमान गरेको छ।

    बीबीसीको अमेरिकास्थित साझेदार सीबीएस न्यूजका अनुसार अमेरिकी अधिकारीहरूले त्यस्तो आकलन गरेका हुन्।

    मृतकको अनुमानित सङ्ख्याका आधारमा घाइते हुने सैनिकको सङ्ख्या १५,००० देखि १८,००० भएको बताइएको छ। प्रायः युद्धमा घाइते सैनिकको सङ्ख्या मृतकको सङ्ख्याभन्दा तीनगुना हुने गर्छ।

    नाम उल्लेख गर्न नचाहने एक अमेरिकी अधिकारीका अनुसार हताहत हुने रुसी सैनिकको अनुमानित सङ्ख्याले रुसले ठूलो क्षति बेहोर्नुपरेको देखिएको छ।

    उनले सैनिकहरूको मृत्युदरलाई दोस्रो विश्वयुद्धका केही सङ्घर्षसँग तुलना गरे। युक्रेनले १२,००० रुसी सैनिक सङ्घर्षका क्रममा मारिएको दाबी गरेको छ।

    गत साता रुसले ५०० सैनिकले युक्रेनमा ज्यान गुमाएको बताएको थियो।तर युद्धका बेला दुवै पक्षले आफूअनुकूल प्रचार गर्ने हुँदा त्यस्ता दाबीहरू पुष्टि गर्न गाह्रो हुन्छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ