• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    फागुन २५ र २६ गते नेपाल बन्द हो कि होइन ? थाहा पाउनुहोस् यस्तो छ यथार्थ !

    23K
    SHARES



    काठमाडौं, २४ फागुन ।

    मंगलबार र बुधबार केहि अनलाइन सञ्चारमाध्यमहरुमा फागुन २५ र २६ गते नेपाल बन्द हुँदै भनेर समाचार प्रकाशित भयो । धेरै मान्छेलाई यो के रैछ कसले बन्द आब्हान गरेको रैछ बन्द हो कि हैन भन्ने जिज्ञासा रहनु स्वाभाविकै थियो ।

    हामीले तत्काल उक्त समाचारसँग सम्बन्धित पक्षसँग सम्पक गर्ने प्रयास गर्यौ तर सम्पर्क हुन सकेन । बन्द आव्हानकर्ता भनिएका पूर्व लडाकु रञ्‍जित गुरुङ्ग हाम्रो सम्पर्कमा आउन मानेनन् ।

    हाम्रो निरन्तर लामो फलोअपपछि उनि बिहीबार दिउसो सञ्चारकेन्द्रको सम्पर्कमा आए । हामीले उनिसंग फागुन २५ र २६ गते तपाईहरुले नेपाल बन्द आव्हान गरेको हो ?  भनेर प्रश्न गरेपछि उनले भने – ‘ हो नपाल बन्द हामीले आव्हान गरेका हौ ।’

    के बन्द अवज्ञा गर्नेलाई बेलुका ठिक पार्छौ भन्ने आसयको पर्चा पनि तपाईहरुले नै फेसबुकमा पोस्ट गर्ने र सञ्चार माध्यमलाई पठाउने काम गर्नुभएको हो ? भन्ने संचारकेन्द्रको अर्को प्रश्नमा भने उनले केहि फरक जवाफ दिए ।

    उनले भने -‘हामीले बन्द आव्हान गरेपछि हामीलाई खराब दर्जाका लडाकु हुन् भन्न मेरै नामको फेक आइडी बनाएर केहि मान्छेले त्यस्तो पर्चा बनाएका हुन् सक्छन । हामीले बन्द गर्नेबारे आधिकारिक बिज्ञप्ति निकाल्न त बाँकी नै छ ।’

    पूर्व लडाकुहरुको कति वटा समूह छन ? किन तपाईहरु अलग-अलग हुनुभयो ? भन्ने हाम्रो प्रश्नमा उनले थपे- ‘ हामीले सबै माओवादी सेनाका साथीहरुलाई एकै हौ भनेका छौ । तर अयोग्य लडाकु र तत्कालिन माओवादी पार्टीको योजनामा वाइसिएल बन्न बाहिर निस्केका साथीहरुको अलग-अलग बुझाइ छ । हामी भने स्वैचिछ अबकासमा आएका लडाकु हौ ।’

    उनले धाराबाहिक रुपमा अगाडि भने- ‘हामी स्वैचिछ अबकासमा आएका पूर्व लडाकु हौ । नेपालाम ३ थरीका माओवादी पूर्व लडाकु छन् । एकथरी प्रचण्ड बाबुरामले पुनः क्रान्ति गर्न भन्दै वाइसिएल बनाउन जनमुक्तिसेनाबाट २०६३ मंसिर अगाडी नै बाहिर निकालिएका, अर्कोथरी अनमिनले अयोग्य भनेर ब्यारेकबाट गलत्त्याईएका र अर्का थरी स्वैचिछ अवकासप्राप्त (हामी) लडाकु  । अब यी सबै पूर्व लडाकुलाई समेटेर आगामी दिनमा कडा आन्दोलनका कार्यक्रम बनाउने हाम्रो योजना छ ।’

    फागुन ८ गते नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा नेपाल बन्द भएको महिना दिन नपुग्दै पुन: २ दिन नेपाल बन्द हुने भन्ने समाचार बाहिर आएपछि देशभर बन्दको हल्ला फैलिदै गर्दा तिनै बन्द कर्ता भनिने पूर्व लडाकु रञ्‍जित गुरुङ्गले भने कुन कुन माग राखेर बन्द गरिएको हो भन्ने बारे भने ठोस रुपमा खुलाउन सकेनन् ।

    बन्द आव्हानकर्ता पूर्व लडाकु रञ्जित गुरुङ्ग समूहले फागुन २५ र २६ गते नेपाल बन्दको आह्वान गरेको भनिए पनि हालसम्म उनीहरुको कुनै आधिकारिक संगठन भने छैन । यसरी हेर्दा कुनै एक व्यक्तिले नेपाल बन्द आव्हान गर्दा के साच्चै नेपाल बन्द हाेला त ?  भन्ने प्रश्नको उत्तर तपाईसंग पनि छ । जवाफ सजिलो छ, बन्द हुदैन ।

    रञ्‍जित गरुङ्ग नामको फेसबुक एकाउन्टमा पोस्ट गरिएको ‘जनयुद्ध र जनआन्दोलनका घाइतेहरुलाई निशुल्क उपचार गरौँ, पूर्व लडाकुलाई राष्ट्रिय सम्मान सहितको प्रमाण पत्र पेन्सन सहितको व्यवस्था गरौँ लगायतका बुँदाहरु लेखिएको पर्चा भने कुनै आधिकारिक संगठनको नभएको बुझिएको छ ।

    उक्त पर्चाको अन्त्यमा बन्द अवज्ञा गर्नेले बेलुका आफै सोच्नुहोला भन्ने निकै तल्लोस्तरको बाक्य प्रयोग गरिएकोले उक्त पर्चा केवल अफवाह फैलाउनका लागि मात्र फेसबुकमा पोस्ट गरिएको देखिन्छ ।

    यसरी सामाजिक सञ्जालको दुरुपयोग गर्दै यस प्रकारका अफवाह जन्य पर्चा पप्म्लेटका कारण नेपाली मिडियामा समाचार बन्ने र उक्त समाचारले आम नागरिकमा भ्रम पैदा हुने गरेको छ ।

    यति मात्र हैन जमाना कपी पेस्टको छ । कपी पेस्ट हुँदा-हुँदा यस्ता समाचार भाइरल नै बन्ने र समाजमा साच्चिकै अनाबस्यक आतंक फैलिने गरेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ