• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    जीवनशैली टिप्स फिटनेस

    दुब्लो-पातलो भएर तनावमा हुनुहुन्छ ? थाहा पाउनुहोस के खाने ? के नखाने ?

    5.9K
    SHARES

    उचित पोषण, शरीरमा पानीको कमी, रक्तअल्पता, पखाला वा अपच हुनु, अत्याधिक चिन्ता गर्नु मधुमेह रोग लाग्नुको साथै जीर्ण रोगहरुका कारणले गर्दा शरीरको उचाइ अनुरुप तौल नहुँदाको अवस्था नै दुब्लोपन हो । यो अवस्थामा रिँगटा लाग्ने, काम गर्दा दम बढ्ने, कमजोरीको महशुस हुनेजस्ता यावत् समस्याहरु देखिन्छन् ।

    खान र गर्न नहुने कुराहरु

    दुब्ला पातला मानिसले के खाँदा मोटाइन्छ भन्दा पनि सर्वप्रथम के कारणले गर्दा दुब्लो भइयो त्यो पत्ता लगाउनुपर्छ र सोहीअनुसार खाना खानुपर्छ । यदि मधुमेहको रोग लागेको छ भने सोही रोग अनुरुप नै खाना खाने नियम पालना गर्ने गर्नुपर्दछ । यदि शारीरिक कुपोषण वा अन्य कमजोरीले दुब्लो भएमा त्यस्तो बेलामा तारेभुटेको अनावश्यक चिल्लो, अमिलो, पिरो आदि भएका असन्तुलित खानेकुरा खानु हुँदैन ।

    खान र गर्न हुने कुराहरु :

    यदि तपाईं दुब्लो हुनुहुन्छ, मोटाउने चाहना गरिरहनुभएको छ भने नियमित रुपमा आफ्नो खानपान र दिनचर्या बीच सन्तुलन कायम गर्नुपर्छ । दैनिक ४–५ लिटर पानी पिउने, दिनको डेढ लिटर दूधको साथमा ४–५ कोसा पाकेको केरा खाने, सुख्खा फलफूलहरुमा किसमिस, दाख, पेस्ता, देशीवदाम, काजु, बदामलाई थोरै–थारै गरी पटकपटक खाइरहने, दही–घिउ खाने, दिनको तीन पटक राम्रोसँग चपाएर सन्तुलित भोजन गर्ने र बीचबीचमा सामान्य व्यायाम एवं योगासन पनि गर्ने ।

    पूरा जीउमा तेलले मालिस गर्ने, कुनै रोग भएमा उपचार पनि गर्दै जाने । यसो गर्नाले विस्तारै शरीर पुष्ट हुँदै आउँछ । साभार : ‘योगाभ्यास तथा घरेलु उपचार विधि’ पुस्तकबाट

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ