• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    जीवनशैली टिप्स

    शरीरमा सेतो दाग किन देखिन्छ र कसरी हटाउने ? यस्ता छन् उपायहरु

    10.2K
    SHARES

    कतिपय मानिसको शरीरमा सेतो दाग देखा पर्दछ । यस प्रकारको सेतो दागलाई मेडिकल भाषामा विटिलिगो वा ल्यूकोडर्मा भनिन्छ । यो साधारण रोग हो । यो रोग धेरैजसो कालो छाला भएका मानिसलाई हुन्छ । यो रोग लागेका धेरैजसो व्यक्तिको मुख, गर्धन पछाडि, नाडी र खुट्टामा सेतो दाग हुने गर्दछ ।

    किन हुन्छ सेतो दाग ?

    – वंशानुगत कारण – सूर्यको यूभी किरण – पेटमा समस्या र किरा हुँदा – कलेजोमा समस्या – पसिना आउँदा सिस्टम समस्या भए – मधुमेह, हाइपोथाइराइडजस्ता रोग हुदाँ – गलत खानाको सम्मिश्रण।

    सेतो दाग निको पार्ने उपायः

    १. एक चम्चा अदुवाको रसमा दुई चम्चा रातो माटो मिसाएर दाग देखिएको भागमा दुई मिनेटसम्म मसाज गर्ने । २. तामाको भाँडाको पानी पिउँदा शरीरमा आइरनको कमी हुँदैन, यसले सेतो दागबाट पनि राहत प्रदान गर्दछ । ३. खरबुजाको बियाँ, अदुवा र बदामलगायत खाँदा पनि शरीरमा आइरनको कमी हुँदैन ।

    ४. बाहिर निस्कनुभन्दा पहिले राम्रो एसपीएफ क्रिम लगाउए घामको किरणबाट जोगिन सकिन्छ । साथै सेतो दाग बढ्न पनि रोक्छ । ५. निमको पातको तीन चम्चा रस महमा मिसाएर दैनिक ३ पटक पिएमा दाग हट्छ । ६. तुलसीलाई दैनिक छालामा लगाए मेलानिनको उत्पादन बढ्ने गर्दछ र सेतो दाग हट्छ ।

    ७. दुई चम्चा तुलसी र एक चम्चा कागतीको रसलाई दागमा लगाउँदा पनि दाग हट्छ । ८. ओखरको पाउडरमा थोरै पानी मिसाएर दागमा दिनमा दुई पटक लगाउनुहोस् । ९. दुई चम्चा चन्दनको पाउडरमा एक चम्चा बदामको तेल र आधा चम्चा बेसारको पाउडर मिसाएर दागमा लगाउँदा पनि दाग हट्छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ