• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अपराध समाचार सुदुरपश्चिम

    व्यापारीलाई ध’म्क्याएर पैसा लिने कञ्चनपुरका दुई पत्रकार प’क्राउ

    6.5K
    SHARES

    कैलाली । नेपालमा अशुली धन्दा गर्न मिडिया चलाउने र पत्रकार बन्ने गलत चलन बसिरहेका बेला उता कञ्चनपुरमा त्यसलाई चरितार्थ गर्ने गरि मिडिया क्षेत्रकै बद्नाम भएको छ । व्यापारीलाई धम्काएर पैसा लिएको आरोपमा कञ्चनपुर प्रहरीले दुई जना पत्रकार पक्राउ गरेपछि । जिल्लाका गतिला पत्रकारहरुकै शिर निहुरिने अबस्था आएको छ ।

    आफुलाई नाइस टेलिभिजका रिपोर्टर वताउने गोबिन्द बिसी र सन्तोष भट्टलाई व्यापारीसँग बार्गेनिङ गरेर २५ हजार रुपैया लिएको आरोपमा कञ्चनपुर प्रहरीले पक्राउ गरेको जनाएको छ ।

    उनीहरुले महेन्द्रनगरको साई मोवाईल केयरका सञ्चालक अवदेश श्रीवास्तवलाई धम्काएर २५ हजार रुपैया लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।उनीहरुले मोवाईल ग्यालरीबाट पैसा नदिएरै दुई ओटा पावर बैंक समेत लगेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपाले व्यापारीले प्रहरीलाई खबर गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाएका छन् । पसल दर्ता भए/नभएको छानबिन गर्न आएको भन्दै उनीहरुले पैसा मागेको प्रहरीले जनाएको छ । उनीहरुले बार्गेनिङ्गसहित रकम लिएको भिडियो सिसिटिभि क्यामेरामा समेत कैद भएको थियो ।

    अहिलेसम्म उनीहरु आबद्द भनिएको मिडिया हाउसले भने उनीहरु आफ्ना संवाददाता हुन् वा हैनन् भन्ने बिषयमा कुनै अधिकारिक जानकारी भने दिएको छैन। यसबारे नेपाल पत्रकार महासंघ जिल्ला साखा पनि अहिलेसम्म बोलेको छैन ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ