गर्मी मौसममा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर हामी मध्ये कतिपय यस्ता छौ जसलाई अन्यको तुलनामा लामखुट्टेले धेरै टोक्छ । तर किन त ?
लामखुट्टेमा मानिस र जनावर भएको ठाउँ थाहा पाउने एक विशेष प्रकारको सेन्सर हुन्छ । यसैको मद्दतले यसले शिकारलाई खोज्दछ । यस अलावा अन्यको तुलनामा कसैलाई बढि लामखुट्टेले टोक्छ भने लामखुट्टेलाई के कुराले आकर्षित गर्छ त ? यी हुन् कारण :
धेरै पसिना आउने मानिस प्रति लामखुट्टेलाई आकर्षित गर्दछ । लामखुट्टेलाई आवश्यक पर्ने सबैकुरा पसिनामा पाइन्छ । त्यसैले यो आर्कषित बन्दछ ।
महिलाको तुलनामा पुरुष र बच्चालाई र यी दुइको तुलनामा पनि वयस्कलाई लामखुट्टेले धेरै टोक्ने गर्दछ । लामखुट्टे शरीरको तापक्रममार्फत आफ्नो शिकारको खोजी गर्दछ । मानिसको शरीरको तापक्रम लामखुट्टेका लागि आइडियल हुने गर्दछ ।
कालो, निलो, रातो जस्तो गाढा रङको कपडामा लामखुट्टे आकर्षित हुने गर्दछन् । बास्नाले पनि लामखुट्टेलाई आकर्षित गर्दछ । कसैले परफ्युम र डियो लगाएको छ भने लामखुट्टेले टोक्ने सम्भावना धेरै हुन्छ ।
अधिकांश छालाको स्याहारमा प्रयोग गरीने क्रिम तथा कष्मेटीक प्रोडक्ट लगाउनेमा ल्याक्टिक एसिड उत्पन्न हुन्छ जसले लामखुट्टेलाई आकर्षित गर्दछ । यदि कसैमा कोलेस्ट्रोलको स्तर धेरै छ उनीहरुलाई लामखुट्टेले धेरै टोक्छ ।
मोटो मानिसले धेरै तापक्रम र कार्बनडाइअक्साइड पैदा गर्दछन् । त्यसैले उनीहरुको बडी मास धेरै हुन्छ यसकारण उनीहरुलाई लामखुट्टेले धेरै टोक्छ । लामखुट्टेले शरीरको गन्धमार्फत पनि मानिस भएको ठाउँ थाहा पाउँछ । जति कडा गन्ध हुन्छ लामखुट्टेले टोक्ने सम्भावना त्यति धेरै हुन्छ ।
सामान्य महिलाको तुलनामा गर्भवती महिलालाई लामखुट्टेले बढि टोक्दछ । धेरैलाई थाहा नहोला तर हामीलाई टोक्ने लामखुट्टे पोथी मात्र हुन्छ । भाले लामखुट्टे शाकाहारी हुन्छन् र बोट बिरुवाको रस चुसेर बाच्छन् । पोथी लामखुट्टेलाई लार्भा उत्पादन गर्न मानव रगत पोषणको रुपमा प्रयोग हुन्छ ।
वैज्ञानिकहरुले पानीबाट बनाए सुन !
प्राचीन कालदेखि नै धातुहरु तथा रसायनहरुको मिश्रणबाट सुन बनाउने धेरै प्रयासहरु भएका छन् । विभिन्न अन्य धातुबाट सुन बनाउने यस्तो विधिलाई अल्केमी अर्थात् रस विधा भनिन्छ । वैज्ञानिकहरुले अन्ततः यो विधामा पहिलो सफलता प्राप्त गरेका छन् । वैज्ञानिकहरुले पानीबाटै पहिलोपटक सुन बनाउन सफल भएका छन् ।
चेक गणतन्त्रको राजधानी प्रागस्थित चेक एकेडेमी अफ साइन्सेसका भौतिक रसायनविद्हरुले क्षारीय धातुको सहयोगमा यसरी पानीलाई सुनौलो चम्किलो धातुमा बदलेका हुन् ।
क्षारीय धातु भनेको सोडियम पोटासियम जस्ता प्रतिक्रियाशील तत्वहरुको समूह हो । पानीको सम्पर्कमा आउँदा यस्ता क्षारीय धातु विस्फोटक बन्दछन् । त्यसैले यस्तो प्रयोग तयार गरियो जसबाट यस्ता क्षारीय धातु र पानीबीचको प्रतिक्रिया सुस्त भएर विस्फोट नहोस् । त्यसक्रममा एक सिरिन्जमा पोटासियम र सोडिएम भरियो, जुन सामान्य तापक्रममा तरल हुन्छ । त्यसलाई भ्याकुम च्याम्बरमा राखियो ।
एक सिरिन्जको माध्यमबाट शोधकर्ताहरुले मिश्रणको हरेक थोपामा पानीको वाफ मिलाए । जसमा एक माइक्रोमिटरको पनि दशौँ हिस्सा बराबरको निकै पातलो पत्र तयार भयो । उक्त पत्रमा इलेक्ट्रोन तिव्र रुपमा धातुजन्य आयनसँग पानीमा घुल्यो ।
केही सेकेण्डमै उक्त पत्र सुनजस्तै चम्किलो धातुको फोकामा परिणत भयो । यद्यपि पानीबाट सुन बनेको त्यो दृश्य केही सेकेण्डका लागि मात्र रह्यो । तथापि यसलाई शोधकर्ताहरुले ठूलो उपलब्ध मानेका छन् । उक्त प्रयोगमा उच्च दबाबको आवश्यकता नै परेन ।
वैज्ञानिकहरुका अनुसार अधिकांस पदार्थहरु अति उच्च चाँपमा धातुमा परिणत हुन्छन् । धातुको अणु अर्थात् मोलिक्यूल यतिधेरै नजिक आउँछन् कि बाहिरी इलेक्ट्रोन नै प्रतिक्रियामा सहभागी हुन्छन् र त्यो पदार्थ आम धातुजन्य विद्युतको सूचालक बन्दछ ।
पानीमा ४८ मेगाबार चाप दिँदा पनि यस्तै हुन्छ । तर यसो गर्नु प्रयोगशाला प्रविधिमा सम्भव छैन । त्यसैले शोधकर्ताहरुले इलेक्ट्रोन सहभागिताका लागि क्षारीय धातुको प्रयोग गरे ।
प्रतिक्रिया