• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    जीवनशैली टिप्स

    घरमा कलह भइरहन्छ ? यस्ता छन् समाधानका ६ उपाय

    6.1K
    SHARES

    विश्वमा परिवारको साथमा मिल्ने सुख र खुसी भन्दा अरु ठूलो के होला र ? मानिस जहाँबाट आए पनि र अनेकौं समस्या झेलिरहेको भए पनि घर र परिवारको भेटपछि राहत महसुस गर्दछ ।

    सबैले आफ्नो घरमा हमेशा सुख–शान्ति रहोस् भन्ने चाहान्छ । तर कतिपय अवस्थामा बिना कुनै कलह वा झगडा परिवारबीच मनमुटाव हुने गर्दछ । यसकालागि ग्रह दोष वा वास्तु दोष जस्ता समस्या जिम्मेवार रहने गर्दछ । यसबाट बच्न के उपाय गर्ने त ?

    १. जुन घरमा दैनिक झगडा हुन्छ त्यहा लक्ष्मीको वास हुदैँन । साथै घरमा वास्तु दोष, ग्रह दोष, शनिको कुदृष्टि रहने गर्दछ । तसर्थ घरमा झगडा हुने वातावरण बनाउनु हुदँैन ।

    २. राती सुत्नु अघि पीतलको भाडाँमा कपूर राखेर त्यसलाई गाइको शुद्ध घीउमा डुबाएर बालेमा घरमा मनमुटाव हटाउन सकिने मान्यता छ । साथै एउटा कपुर बालेर त्यसको धुवाँ घरको सबैतिर पारेमा पनि गृह कलह हुनबाट बच्न सकिन्छ ।

    ३. मंगलबार हनुमानको सामुन्ने पञ्चमुखी दीयो बालेर अष्टगन्धा बालि त्यसको सुगन्ध पूरै घरमा फैलाएमा यसले पनि घरमा सकारात्मक ऊर्जा सञ्चार हुने र सुख–शान्ति रहने धार्मीक मान्यता छ ।

    ४. कलहबाट बच्न एक चिम्टी केसरलाई पानीमा मिलाएर नुहाउने र पूजा पाठ गरी पून केसरको टिका लगाएमा र केसर हालेर दूध पीएमा घरमा शान्ति आउने मान्यता छ ।

    ५. घर पुस्ने पानीमा थोरै मात्रामा नुन राखेर घर पुछेमा घरबाट नकारात्मकता दूर हुने र वास्तु दोषबाट छुटकारा पाउन सकिने धार्मीक विश्वास छ।

    ६. जुन घरमा हमेशा कलह र क्लेश हुन्छ त्यस घरमा सुख–शान्तिका लागि महीनामा एक पटक सत्यनारायणको पुजा लगाइ कथा वाचन गरेमा सुख समृद्धि आउने विश्वास गरीन्छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया