• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    एनसेलमाथि नेकपाको पुनः आक्रमण, एकैरात दर्जनौं टावर ध्वस्त

    19.7K
    SHARES



    काठमाडौँ, १ फागुन ।

    नेपाल कम्युनिष्ट पार्टीले एनसेलमाथी पुनः आक्रमण सुरु गरेको छ । गत बर्ष एकै रातमा ५० भन्दा बढी एनसेल टावरमा आक्रमण गरेको नेपाल कम्युनिष्ट पार्टीले सोमबार राति देशैभर एकैसाथ पुनः आक्रमण गरेको छ ।

    जनयुद्ध दिवसको पुर्बसन्ध्यामा माघ २९ गते राति देशब्यापीरुपमा एनसेलमाथि अाक्रमण भएको हो । आक्रमणको क्रममा काठमाडौंको जहरसिंह पौवा र जोरपाटी, दक्षिणकाली गरी राजधानीमै ३ टावर धोस्त भएका छन् । त्यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका वाड नम्बर ११ खनारमा रहेको एनसेल टावरमा आगजनी तथा तोडफोड भएको छ ।

    त्यस्तै एकै समयमा उता धनकुटा नगरपालिका वडा नम्बर १० थुम्कीडाडामा रहेको एनसेल टावर पनि ध्वस्त पारिएको छ । उता सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका लिङ्ला पत्ताले डाँडामा रहेको एनसेलको टावरमा ताेडफोड र आगजनी भएको छ ।

    त्यस्तै उता पश्चिममा कञ्चनपुरकाे बेदकाेट र शुक्लाफाँटा टावर, डडेल्धुराकाे काफलीमा रहेको क्षेत्रीय टावर, कैलालीकाे टिकापुर र जानकिनगर टावरमा पनि आक्रमण भएको छ । डडेल्धुराकाे काफली टावरकाे आक्रमणका कारण सुदूरपश्चिममा एनसेल सेवा अबरुद्ध भएको सामाचार छ ।

    यस्तै मध्यपश्चिमाञ्चलको सुर्खेतका ३ वटा टावर र जाजरकोटका २ वटा टावरमा आक्रमणभएको छ । रोल्पाको माडी गाउँपालिका ६ को मेनै डाँडामा रहेकाे टावरमाथि पनि अाक्रमण भएकाे छ ।

    मकवानपुरको मनहरीमा पनि एउटा एनसेल टावर ध्वस्त भएको छ । एनसेलले राज्यलाई तिर्नुपर्ने कर नतिरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले गत बर्ष एकैरात ५० भन्दा बढी एनेसेल टावरमा आक्रमण गरेपछि एनसेलले नेपाल सरकारलाई केही कर तिरेको थियो ।

    अहिलेपनि नेपाल कम्युनिष्ट पार्टीकै आव्हानमा स्थानीयले एनसेलमाथि आक्रमण गरेको समाचार श्रोतले बताएको छ । पार्टीको केन्द्रीय निर्देशनअनुसार नै टावरमा आक्रमण र आगजनी गरिएको नेपाल कम्युनिष्ट पार्टीका स्थानीय कार्यकर्ताहरुको भनाइ छ ।

    निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल सरकारलाई ३८ अर्ब कर छलेर भाग्ने दाउमा रहेको बताइएको छ । एनसेलले सरकारलाई तिर्नुपर्ने ६१ अर्ब रुपैयाँ लाभकरमध्ये २३ अर्ब ५७ करोड रुपैयाँ तिरेर बाँकी नतिरेर भाग्ने दाउमा रहेको स्रोतले बतायो ।

    सरकारले एनसेलसँग असुल्नुपर्ने लाभकर ६१ अर्ब रुपैयाँ निर्धारण गरेको थियो ।तर उसले टरेको थिएन । गत बर्ष नेपाल कम्युनिष्ट पार्टीले उसका ५० भन्दा बढी टावर ध्वस्त बनाइदिएपछि दुई खेप गरी २३ अर्ब ५६ करोड ९५ लाख ७१ हजार ५ सय रुपैयाँ तिरेको थियो । अझै ३७ अर्ब ४३ करोड ४ लाख २८ हजार ५ सय रुपैयाँ तिर्न बाँकी छ ।

    एनसेलले पहिलो खेपमा ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार ५ सय रुपैयाँ तिरेर टार्न खोजेको थियो । त्यसबेला एनसेलमाथि जनतासँग पैसा उठाएर राज्यलाई कर छलेको र जनतालाई मार पारेको भन्दै तत्कालीन नेकपा माओवादीले उसको देशभरका ४९ वटा मोवाइल टावरमाथि अघिल्लो वर्षको जेठको अन्तिम हप्तामा आक्रमण गरी कारवाही गरेपछि मात्र दोस्रो खेपमा १३ अर्ब ६० करोड रुपैयाँ कर तिरेको थियो ।

    तर बाँकी करिब ३८ अर्ब रुपैयाँ नतिरेर कर छली गर्ने कोशिसमा एनसेल लागिरहेको छ । यता नेकपाले भने एनसेलले कर नतिरेर भाग्ने वा छल्ने कोशिस गरे कडा कारवाही गर्ने चेतावनी दिएको छ । सबै कर नतिरे कारवाही भोग्न एनसेल तयार हुनुपर्ने नेकपाले बताई रहेका बेला सोमबार एकाएक उसमाथि आक्रमण सुरु भएको छ ।

    गत बर्ष टावरमाथि आक्रमण गरेपछि नेकपाको केन्द्रीय टोलीसित एनसेल प्रतिनिधि टोलीले भेट गरी आर्थिक वर्ष ०७३-०७४ भित्र सम्पूर्ण कर तिर्ने प्रतिवद्धता व्यक्त गरेको थियो । तर उसले अझै आलटाल गरिरहेको छ । एनसेललाई विदेशी कम्पनी अजियाटाले चलाइरहेको छ ।

    एनसेलबिरुद्ध सर्वोच्चमा मुद्दा दायर

    एनसेल र त्यसमा लगानी गर्ने कम्पनीहरूले कर छलेको भन्दै गत महिना सर्वाेच्च अदालतमा सार्वजनिक सरोकारको रिट निवेदन दर्ता भएको थियो । निवेदनमा एनसेलले तिर्न बाँकी रहेको करिब ३९ अर्ब रुपैयाँ बराबरको लाभकर सेयरधनी र कुनै पनि विदेशी व्यक्ति/कम्पनीको नाममा हस्तान्तरण गर्न र निकासा गर्न रोक लगाउन माग गरिएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ