• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    जीवनशैली विज्ञान-प्रविधि

    पल्स अक्सिमिटरको प्रयोग कसरी गर्ने ?

    6.9K
    SHARES

    कोरोना संक्रमण बढेसँगै हामीलाई आफ्नो शरीरमा अक्सिजनको स्तर के छ भनी चिन्ता बढेको छ । शरीरमा अक्सिजनको मात्रा कति छ भनेर जाँच्नका लागि बजारमा एक उपकरण उपलब्ध छ, अक्सिमिटर । यसलाई कसरी प्रयोग गर्ने ? कहिले गर्ने ? यसबारे भने जानकारी हुन जरुरी छ । यससँगै के पनि जरुरी छ भने के तपाईंले यसको प्रयोग सही रुपमा गरिरहनुभएको त छ ?

    चिकित्सकहरुको अनुसार यसको प्रयोग तबमात्र गर्नु उचित हुन्छ, जब पाँच दिनसम्म तपाईंको स्वास्थ्य अस्थिर हुन्छ । यस्तो स्थितीमा पल्स अक्सिमिटिर प्रयोग गर्न सकिन्छ ।

    कसरी गर्ने ?

    अक्सिमिटरलाई दिनहुँ प्रयोग नगरौं ।, यदि नेल पोलिस लगाउनुभएको छ भने त्यसलाई हटाउनुहोस् ।, एउटै हातको औलामा मात्र नभई हातको अर्को औलामा पनि मीटर लगाएर जाँच गर्नुहोस् ।, दुई तीन पटक परीक्षण गर्दा जुन सबैभन्दा बढी रिडिङ आउँछ, त्यसैलाई सही मान्नुहोस् ।

    यो तरिका पनि उचित हुन्छ

    करिब ७ मिनेटसम्म हिँडडुल गरौं । यसपछि अक्सिमिटरको प्रयोग गरेर लेभल जाँचौं ।, यदि हिँडडुल गरेपछि अक्सिमिटरमा अक्सिजनको लेभल चार प्रतिशतसम्म कम देखियो भने बाँकी परीक्षण जरुरी हुन्छ ।, यदि हिँडडुलपछि लेभल ९४ माथि आउँछ भने चिन्ता गर्नुपर्ने केही छैन, तपाईं ठीक हुनुहुन्छ ।

    संक्रमणलाई सही ढंगले पहिचान गर्नका लागि

    आफ्नो लक्षणमा ध्यान दिनुपर्छ ।, आरम गर्नुपर्छ ।, राम्रो डाइट लिनुपर्छ ।, नअत्तालिनुहोस् ।, यी सबै हुँदाहुँदै पनि अस्वस्थ महसुष गरिरहनुभएको छ भने चिकित्सकसँग भेट्नुपर्छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ