• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    फोटो-फिचर

    यस्तो देखियो काठमाडाैंमा प्रचण्ड-नेपाल समूहले गरेको शक्ति प्रदर्शन, १६ तस्वीरमा हेर्नुहोस

    10.3K
    SHARES

    काठमाडौँ । संसद विघटनपछि विभाजित बनेको सत्तारूढ नेकपाको प्रचण्ड-नेपाल समूहले आज काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ । पार्टीका स्थायी कमिटी सदस्यहरूको नेतृत्वमा काठमाडौंका बिभिन्न ९ स्थानहरु माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका र बाल्मिकी क्याम्पसबाट निस्केका जुलुस राष्ट्रिय सभागृह अगाडि पुगेर सभामा परिणत भएको थियो ।

    जुलुसको नेतृत्व प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य गणेश साह, गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, वेदुराम भुसाल भीमबहादुर रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईँ, देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डे, कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, घनश्याम भुसाल, जनार्दन शर्मा, योगेशकुमार भट्टराईलगायतले गरेका थिए ।

    जुलुसपछिको सभालाई सम्बोधन गर्दै अधक्ष्य पुष्पकमल दाहाल प्रचण्डले जनतालाई देखाएको सपना र जनतासँग गरेको वाचा तीन वर्षको अवधिमा पूरा गर्न नसकेको स्वीकार गरेका छन् । सम्बोधनका क्रममा प्रचण्डले भने, ‘हामीले जनतासँग गरेको वाचा पूरा गर्न सकेनौँ । त्यसका लागि यो विशाल सभाबाट आत्मालोचना गर्छु । सबै दोष केपी ओलीलाई दिएर पन्छिन पनि चाहान्न । अब हामी यस्तो हुन दिने छैनौँ ।’

    त्यस्तै प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले ओलीको कमद गैर संवैधानिक मात्र नभई संवैधानिक कू गरेको बताए । उनले भने, ‘संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने भनेर कहीँ लेखिएको छैन । त्यसैले ओलीको कदम गैर संवैधानिकमात्र होइन संवैधानिक कू हो । जननिर्वाचित व्यक्तिले पनि संवैधानिक कू गर्दो रहेछ । हामीले त पहिले राजामहाराजाले मात्र कू गर्छन् भन्ने सुनेका देखेका थियौँ ।’

    यस्तै बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कदम सच्यान आम नेपाली सडकमा उत्रिएको बताएका छन् । नेता खनालले भने- ‘क्रान्ति र प्रतिकान्तिका अनेकन घुम्ती पार गरेर जनताका मुद्धालाई कार्यान्वयन गर्न आएको पार्टी कहिल्यै पनि प्रतिगमनकारी कदमलाई स्वीकार गर्न सक्दैन। प्रचण्ड-नेपाल समूहले यसअघि पनि पुस १४ गते पनि काठमाडौँमा बृहत शक्ति प्रदर्शन गरेको थियो । नारायणकाजी श्रेष्ठको नेतृत्वमा गठित केन्द्रीय संघर्ष समितिले शक्ति प्रदर्शन गरेको हो ।

    प्रतिक्रिया