• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    भूमिगत शैलीमा नेकपा नेताको जनवादी बिहे, कोराेना अस्पताल र सहिद परिवारलाई गरे सहयोग

    7.6K
    SHARES



    काठमाडौँ । बिद्रोही नेपाल कम्युनिस्ट पार्टीका युवा नेता तथा रुकुम पश्चिम जिल्ला इन्चार्ज/सेक्रेटरी चन्द्र बहादुर बुढाको बुधबार जनयुद्धकै शैलीमा भूमिगत अबस्थामै जनवादी विवाह सम्पन्न भएको छ । रुकुमकाे आठविसकाेट नगरपालिका वडा नम्बर ८ निवासी बुढाले नेकपाकै विद्यार्थी संगठनमा आबद्ध रुकुमको खारा निवासी मेनुका ओलीसँग जनवादी विवाह गरेका हुन् ।

    पार्टीको राप्ती ब्यूरोका दुइ दर्जन नेता/कार्यकर्ता, समर्थक शुभचिन्तक, परिवारका सदस्य र प्रतिनिधिमुलक पत्रकारकाको उपस्थितिमा उनीहरुले जनवादी बिवाह सम्पन्न गरेका हुन् । तत्कालिन अख्तियार प्रमुख लाेकमानसिंह कार्कीलाई सर्बोच्च अदालात परिसरमै कालाे मोसो दल्ने योजनाका कमाण्डर बुढा उक्त घटनापछि चर्चामा आएका युवा नेता हुन् ।

    बिद्रोही नेकपा भित्र वैचारिक र बौद्धिक राजनीतिक छवि बनाएका बुढा पार्टीको रुकुम पश्चिम जिल्ला इन्चार्ज/सेक्रेटरीको जिम्मामा आएपछि उनले नेतृत्व गरेको जिल्लामा सांगठानिक हिसाबले पार्टी बलियो बनेको थियो । केहि समय अगाडी पार्टीको राप्ती ब्यूरो बैठक सकेर कार्यक्षेत्र फर्किने क्रममा विप्लवका दाजु तथा तत्कालिन मध्येपश्चिम कमाण्ड इन्चार्ज चन्द्र बहादुर चन्दसहित २१ जना नेताहरु गिरफ्तार पर्दा बुढा पनि गिरफ्तार परेका थिए ।

    लामो समय जेल-हिरासतमा रहेर केहि समय अगाडी मात्र रिहा भएका बुढाले आफ्ना बुवाको निधन भएपछी परम्परागत चलनलाई परित्याग गर्दै बुवाको किरिया पनि प्रगतिशील हिसाबले नै गरेका थिए । ओली सरकारले नेकपालाई खुला राजनीतिक गतिबिधि गर्न प्रतिबन्ध लगाएपछि हालसम्म भूमिगत नै रहेका बुढाको उक्त विवाहलाई नेकपा राप्ती ब्युरोले अनुमति दिएको छ । पार्टीको ब्यूरो इन्चार्ज समरले बुढा दम्पतिलाई पठाएको लेखित शुभकामना पार्टीका एक ब्यूरो सदस्यले पढेर सुनाएका थिए ।

    यस्तै बिवाहमा पार्टीका ३ जना नेताले शुभकामना मन्तब्य राखेका थिए भने बैवाहिक कार्यक्रमको संचालन पनि पार्टीका एक ब्यूरो सदस्यले नै गरेका थिए । कोरानाका कारण सामाजिक दुरी कायम गरेर गरिएको उक्त विवाहमा दर्जनौ नेता कार्यकर्ताले शुभकामना दिएर करिब १ घण्टामै कार्यक्रम समापन गरिएको थियो ।

    यस्तै परम्पारगत र पुरानो तरिकाको बिहेमा हुने फजुल खर्चलाई कम गर्ने र त्यस्तो खर्च गर्नुको साटो आफुले बिबाहका निम्ति छुट्टयाईएको रकम समाजसेवामा लगानी गर्ने प्रतिबद्दता जाहेर गरेका बुढा दम्पतीले रुकुमको आठविसकाेट नगरपालिकामा निर्माण गरिएको काेराेना अस्पतालकाे लागि २५ हजार बबई गाउँपालिका धनुबास दाङ निवासी सहिद गाेकुल राना ‘महान’का परिवारलाईलाई २५ हजार सहयोग गरेका छन्।

    बैवाहिक कार्यक्रममै घोषणा गरेर आजै परिवारका सदस्य मार्फत सम्बन्धित व्यक्तिलाई छुट्टयाइएको उक्त ५० हजार रकम हस्तान्त्रण समेत भएको छ । आफ्नो भन्दा पनि देश र जनताको स्वार्थलाई केन्द्रमा राखेर परम्परागत बिहे शैलीलाई परिमार्जन गरि पाटीकाे निति र सिद्धान्तमा प्रतिबद्ध हुदै साँस्कृतिक रुपान्तरणकाे सन्देश दिने उदेश्यसहित आफ्नो बिहेमा हुने खर्च पनि देशका लागि बलिदान दिने सहिद र कोरना अस्पताललाई हस्तान्त्रण गरेको बुढाले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया