• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    प्रधानमन्त्री शाहलाई २५ मिनेट भेटेपछि भारतीय विदेशमन्त्री जयशंकरले के भने ?

    75
    SHARES



    काठमाडौं । दुई दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच २५ मिनेट भेट भएको छ ।

    उक्त भेटपछि विदेशमन्त्री जयशंकरले नेपालसँगको सम्बन्धलाई भारतले विशेष मित्रताको रुपमा लिएको उल्लेख गरेका छन् ।

    आइतबार साँझ नयाँ दिल्लीस्थित होटल ताज महलमा प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेपछि सञ्जालमार्फत उनले यस्तो बताएका हुन् ।प्रधानमन्त्री शाह आजबाट दुई दिने भ्रमणका लागि भारतको नयाँ दिल्लीमा छन् ।

    सो क्रममा उनले पहिलो औपचारिक भेट विदेशमन्त्री डा. जयशंकरसँग गरेका हुन् । ‘आज साँझ नयाँदिल्ली भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्न पाउँदा खुसी लागेको छ,’ जयशंकरले लेखेका छन् ।

    उनले नेपालसँगको विशेष मित्रतालाई भारतले महत्त्वका साथ लिएको बताएका छन् । त्यस्तै, प्रधानमन्त्री शाहको सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ताको प्रतीक्षा गरिरहेको पनि आफ्नो ट्वीटमा उल्लेख गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ