• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता

    155
    SHARES



    काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन्।

    सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा परराष्ट्रमन्त्री खनालले नेपाल-भारतबीचको घनिष्ठ सम्बन्धले थप उचाइ लिने विश्वास व्यक्त गरे।

    उक्त अवसरमा नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने तथा दुई देशबीच रहिआएको ऐतिहासिक मित्रतापूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा मन्त्री खनाल र सचिव मिस्रीबीच छलफल भएको थियो।

    साथै, परराष्ट्रमन्त्री खनाल र विदेश सचिव मिस्रीले दुई मुलुक बीचको ऊर्जा, उड्डयन, व्यापार, खेलकुद, शिक्षा लगायतका विविध विषयमा पनि छलफल गरे। दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध पक्षमा पनि कुराकानी भएकाे थियाे।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ