• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पश्चिमी वायुको प्रभावले हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुनसक्ने

    232
    SHARES



    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    जसको प्रभावले लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

    आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराईको भूभागमा मौसम मुख्यतया सफा रहनेछ। देशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

    आज राति मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका सबै भूभागमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा मौसम मुख्यतया सफा रहने छ। तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानीपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।

    बुधवार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभागमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ