• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    आज बढ्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    110
    SHARES



    नेपाली बजारमा आज (सोमबार) सुन-चाँदीको भाउ बढेको छ। शुक्रबार प्रतितोला तीन हजार दुई सय रूपैयाँ र आइतबार आठ हजार तीन सय रूपैयाँ गरी दुई दिनमा सुनको भाउ प्रतितोला ११ हजार पाँच सय रूपैयाँ घटेको थियो।

    सोमबार भने सुनको भाउ तोलामा दुई हजार तीन सय रूपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७४ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।

    आइतबार सुन प्रतितोला दुई लाख ७२ हजार रूपैयाँमा कारोबार भएको थियो। यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ।

    आइतबार प्रतितोला तीन हजार ६ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार सात सय २० रूपैयाँमा किनबेच भइरहेको छ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ७० रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार नौ सय सात अमेरिकी डलरमा कारोबार भइरहेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ