• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद समाचार

    एनपिएल : जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

    270
    SHARES



    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको छ।

    आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३८ रन मात्रै बनाउन सक्यो।

    यो पोखराको लगातार दोस्रो हार हो। जनकपुरले भने प्रतियोगितामा तीन खेलबाट दोस्रो जित निकालेको छ। पोखराका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए। उनले २४ बलमा ५ चौका प्रहार गरे। तर, उनलाई अन्य ब्याटरले पर्याप्त साथ दिन सकेनन्।

    पोखराको सुरुवात नै राम्रो हुन सकेन। दिनेश खरेल ३ रन र मेहदी हसन ८ रन बनाएर आउट भए। कुशलले तेस्रो विकेटका लागि साझेदारी गर्दै टोलीलाई सम्हाल्ने प्रयास गरे पनि ५३ रनको अवस्थामा उनी आउट भए।

    त्यसपछि शकिब अल हसनले ९, अर्जुन घर्तिमगरले ७ र किरण ठगुन्नाले १५ रन बनाए। मोहम्मद सैफउद्दीन खाता नखोली आउट भए भने चामिका करुणारत्नेले ४ रन मात्रै बनाउन सके।

    एक समय ८७ रनमा ७ विकेट गुमाएर दबाबमा परेको पोखरालाई विपिन आचार्य र विपिन खत्रीले जितको आशा जगाएका थिए। उनीहरूले आठौं विकेटका लागि २३ रनको साझेदारी गरे। त्यसपछि विपिन आचार्यले खत्रीसँग मिलेर टोलीलाई लक्ष्यनजिक पुर्‍याउने प्रयास गरे। तर, आचार्य २० रन बनाएर १९.३ ओभरमा आउट भएपछि पोखराको जितको सम्भावना कमजोर बन्यो।

    आचार्यले १९ बलमा १ चौका प्रहार गरे। विपिन खत्री १४ बलमा १७ रन बनाएर अविजित रहे। अन्तिमसम्म क्रिजमा रहेका खत्रीले टोलीलाई जिताउन सकेनन्।

    जनकपुरका लागि मोइन अलीले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए। कप्तान हरमीत सिंहले २ तथा सैफ हसनले २ विकेट लिए। ललित राजवंशी र जिम्मी निशमले पनि एक–एक विकेट हात पारे।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो। उसका लागि तृतराज दासले ६१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए भने अभिषेक तिवारीले १० बलमा अविजित २४ रन जोडेका थिए।

    पोखराका लागि शकिब अल हसनले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिएका थिए। चामिका करुणारत्नेले २ तथा मेहदी हसन र मोहम्मद सैफउद्दीनले एक–एक विकेट लिए।

    यस जितसँगै जनकपुरले तीन खेलबाट चार अंक जोडेको छ। पोखरा भने लगातार दोस्रो हार बेहोर्दै दबाबमा परेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ