• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    साउदी अरबमा ड्रोनको अवशेष खस्दा नेपालीसहित दुई विदेशीको मृत्यु

    313
    SHARES



    काठमाडौं । साउदी अरबको एक तेल प्रशोधन तथा उत्पादन केन्द्रमा ड्रोनको अवशेष खस्दा एक नेपाली र एक फिलिपिनो नागरिकको मृत्यु भएको छ। घटनामा भारतीय र पाकिस्तानी नागरिक घाइते भएका छन्।

    साउदी ऊर्जा मन्त्रालयका अनुसार बुधबार भएको घटनामा दुई विदेशी कामदारले ज्यान गुमाएका हुन्। संयुक्त अरब इमिरेट्स (यूएई) को सीमाक्षेत्र नजिक रहेको शैबह तेल क्षेत्रलाई लक्षित गरेर आएको ड्रोनलाई बीचमै निष्क्रिय पारिएको थियो।

    ड्रोन खसालिएपछि त्यसका टुक्राहरू तेल केन्द्रमा खस्दा भौतिक क्षति पुगेको थियो। सोही क्रममा ठेकेदार कम्पनीको एउटा सवारीसाधनमा आगलागीसमेत भएको जनाइएको छ।

    घटनामा संलग्न ड्रोन कहाँबाट प्रक्षेपण गरिएको थियो भन्नेबारे साउदी अधिकारीहरूले खुलाएका छैनन्। यद्यपि, पछिल्लो समय यमनमा सक्रिय हुथी विद्रोही समूहले साउदी अरबलाई लक्षित गरी ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गर्दै आएको छ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका विवरणअनुसार साउदी अरबका ऊर्जा पूर्वाधार र विमानस्थललाई लक्षित गरी भइरहेका आक्रमणको शृंखलाकै क्रममा पछिल्लो घटना भएको हो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ