• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रुकुम पश्चिमको सानीभेरीमा बाढी : घर, गोठ र पानी घट्ट बगायो

    273
    SHARES



    काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-१० मा भारी वर्षापछि अर्माखोलामा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ ।बाढीले एउटा घर, दुई वटा किराना पसल, एउटा गोठ र १० वटा पानी घट्ट बगाएको वडाध्यक्ष टिकाराम खड्काले बताए।

    राति साढे ८ बजेतिर परेको भारी वर्षापछि आएको बाढीले उज्वन खड्काको घर बगाएको छ । ठूलो बाढी आएको थाहा पाएपछि खड्काका परिवार घर छाडेर सुरक्षित स्थान गएर बसेका थिए ।

    बाढीले खड्काको घर बगाउँदा एक तोला सुनका गरगहना, १० हजार नगद, भाँडावर्तन, अन्नपात, एउटा भैंसी र १० वटा भेंडाबाख्रा बगाएको अध्यक्ष खड्काले बताए ।

    बाढीले स्थानीय खड्कबहादुर खडका र बमबहादुर विकको किराना पसल, गंगाराम खड्काको गोठ सहित तीन वटा भैंसी र पञ्चराम डाँगीको दुई वटा गोरु बगाएको छ ।

    जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी वेद पौडेलले रातिको भारी वर्षापछि ठाडोखोलामा आएको बाढीले केही क्षति गरेको भन्ने जानकारी पाएको बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ