• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    जलजलामा कालीगण्डकीको बाढी पस्दा २० भन्दा बढी घर बगे

    303
    SHARES



    पर्वत । लगातारको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८, फर्से क्षेत्रमा ठूलो भौतिक क्षति पुर्‍याएको छ। बाढीका कारण हालसम्म २० भन्दा बढी घर बगिसकेको र नदीको बहाव अझै बढिरहेको स्थानीय जनप्रतिनिधिले बताएका छन्।

    वडाध्यक्ष हरि विकास जिसीका अनुसार बाढीको प्रभाव थप क्षेत्रमा फैलिँदै गएको छ। उनका अनुसार अहिलेको अवस्था हेर्दा थप सयभन्दा बढी घर जोखिममा पर्न सक्ने सम्भावना रहेको छ।

    बाढीले घरहरू मात्रै नभई स्थानीय विद्यालय, कृषि फार्म, गोठलगायतका संरचनामा समेत क्षति पुर्‍याएको छ। नदीको बहावले बस्तीमा पानी पस्नुका साथै कतिपय भौतिक संरचना नै बगाएर लगेको वडाध्यक्ष जिसीले जानकारी दिए।

    बाढीका कारण ठूलो मात्रामा धनमाल तथा भौतिक संरचनामा क्षति पुगे पनि हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन। जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष जिसीले बताए।

    बाढीको बहाव निरन्तर बढिरहेकाले स्थानीयलाई थप सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। अहिले प्राथमिकता जोखिममा रहेका नागरिकलाई सुरक्षित राख्नु रहेको स्थानीय प्रशासन तथा जनप्रतिनिधिको भनाइ छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ