• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बीपी राजमार्ग अवरुद्ध भएपछि धुलिखेलमै ‘होल्ड’ भए सवारीसाधन

    287
    SHARES



    काभ्रेपलाञ्चोक । अविरल वर्षापछिको बाढी र पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएपछि सबै सवारीसाधनहरू धुलिखेल चोकमा ‘होल्ड’ गरिएको छ ।

    वर्षाका कारण बीपी राजमार्गको विभिन्न स्थानमा पहिरो र लेदो खस्नुका साथै रोशीले विभिन्न स्थानमा सडक कटानगरेपछि राजमार्ग अवरुद्ध छ ।

    बीपी राजमार्ग अवरुद्ध भएपछि काठमाडौंबाट धुलिखेल हुँदै पूर्वतर्फ जाने सवारीसाधनलाई धुलिखेलमा होल्ड गरिएको जिल्ला प्रहरी प्रमुख एसपी रविन कार्कीले जानकारी दिए ।

    उनका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ भने चौकीडाँडामा रोशी खालाले डाइभर्सन कटान गरेको छ ।

    अहिले पनि वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने भएकोले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

    राजमार्गको काभ्रेभञ्ज्याङ र भकुण्डेमा समेत सवारी होल्ड गरिएको प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ