• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद समाचार

    महिला कबड्डीको सेमिफाइनलमा भारतसँग नेपाल पराजित, जित्यो कास्य पदक

    516
    SHARES



    काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।

    जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको सेमिफाइनलमा नेपाल भारतसँग ४८-२४ ले पराजित भएको हो । पहिलो हाफमा ३१-१७ को जित निकालेको भारतले दोस्रो हाफमा १७-७ को जित निकाल्यो ।

    नेपाली टोली गत संस्करणको १९औं एसियन गेम्स सेमिफाइनलमा पनि भारतसँग पराजित भएर कास्यमा चित्त बुझाएको थियो ।

    नेपालले समूह चरणमा थाइल्यान्डलाई हराउँदा चाइनिज ताइपेइसँग पराजित भएको थियो । त्यसपछि अन्तिम खेलमा श्रीलंकालाई हराएर सेमिफाइनलमा स्थान बनाउँदै कास्य पदक पक्का गरेको थियो ।

    नेपालका लागि जारी एसियन गेम्समा यो दोस्रो पदक हो । यसअघि पुरुष करातेको कुमिते ८४ केजीमा तेन्जिङ शेर्पाले कास्य जितेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ