• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद समाचार

    मकाउलाई ५–० ले पराजित गर्दै एसियाड बक्सिङमा नेपालको पहिलो जित

    115
    SHARES



    काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत बक्सिङमा नेपालले पहिलो जित निकालेको छ। पुरुष ६० केजी तौलसमूहको पहिलो चरणमा नेपालका खगेन्द्र रोका मगरले मकाउका जोन रेयेस सलिनास एल्भिनलाई ५–० ले पराजित गरेका हुन्।

    निशिओ जिम्न्यासियममा बुधबार भएको खेलमा खगेन्द्रले तीनै राउन्डमा प्रभावशाली प्रदर्शन गर्दै पाँचै निर्णायकको मत आफ्नो पक्षमा पारे। यससँगै उनले एसियाडमा विजयी सुरुवात गरेका छन्।

    यो जारी एसियाडको बक्सिङमा नेपालको पहिलो जित हो। यसअघि पुरुष ७० केजीमा दानबहादुर दर्लामी र महिला ५१ केजीमा रमिशा श्रेष्ठ पहिलो चरणमै पराजित भएका थिए।

    खगेन्द्रसहित नेपालले यसपटक एसियाड बक्सिङमा सात खेलाडी सहभागी गराएको छ। टोलीमा खगेन्द्रसँगै चन्द्रबहादुर थापा मगर, दानबहादुर दर्लामी, रविन नेपाल, रमिशा श्रेष्ठ, अस्मिता दुवाल र कुसुम तामाङ छन्। नेपाली टोलीले प्रतियोगिताअघि भारतको गुवाहाटीस्थित भारतीय खेल प्राधिकरणको उच्चस्तरीय प्रशिक्षण केन्द्रमा तयारी गरेको थियो।

    एसियाडको बक्सिङमा पुरुषतर्फ ५५, ६०, ७०, ८०, ९० र ९० केजीभन्दा माथिका गरी ६ तथा महिलातर्फ पाँच तौलसमूहमा प्रतिस्पर्धा भइरहेको छ। यस संस्करणको बक्सिङमा ३३ राष्ट्रिय ओलम्पिक समितिका १९० खेलाडी सहभागी छन्।

    खगेन्द्रको ६० केजी तौलसमूहको खेल तालिका सेप्टेम्बर २३ का लागि निर्धारण गरिएको थियो। प्रारम्भिक चरणका खेलहरू सेप्टेम्बर २८ सम्म सञ्चालन हुनेछन् भने सेमिफाइनल सेप्टेम्बर २९ र ३० तथा फाइनल अक्टोबर २ मा हुनेछ।

    गत वर्षको विश्व बक्सिङ च्याम्पियनसिपमा पनि सहभागी भएका खगेन्द्र अन्तर्राष्ट्रिय बक्सिङ संघको ५७–६० केजी तौलसमूहको वरीयतामा रहेका खेलाडी हुन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ