• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    त्रिपुरेश्वरमा आगजनी भएको बसका चालकको उपचारका क्रममा मृत्यु भएको अस्पतालद्वारा पुष्टि

    260
    SHARES



    काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगो लगाउँदा गम्भीर घाइते भएका २५ वर्षीय चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु भएको छ ।

    बा ५ ख ४२७४ नम्बरको सार्वजनिक बसभित्रै आगो लाग्दा गम्भीर घाइते भएका २५ वर्षीय चालक लामाको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको डाइरेक्टर निजिना ताम्राकारले जानकारी दिइन् ।

    मुलपानीदेखि थानकोटतर्फ जाँदै गरेको ऋद्धिसिद्धि यातायातको बसमा आगजनी भएको थियो। आगलागी लगत्तै दमकलको सहायताले आगो नियन्त्रणमा लिइए पनि ९० प्रतिशतभन्दा बढी शरीर जलेका लामाको उपचारकै क्रममा मृत्यु भएको हो ।

    घटना हुनुभन्दा केही मिनेट अघि १२ः३७ बजे उनले ट्राफिक प्रहरीसँग विवाद भएको खुलेको थियो । ​मकवानपुरको इन्द्रसरोबर गाउँपालिका, सिस्नेरी स्थायी घर भई हाल कोटेश्वर बस्दै आएका अर्जुनदावा सात भाइमध्ये एक हुन्।

    विगत ६–७ वर्षदेखि सवारी चालकका रूपमा कार्यरत लामाले केही समयअघि ट्याक्सी तथा चन्द्रागिरि यातायात चलाउने गर्थे भने विगत ३–४ महिनादेखि ऋद्धिसिद्धि यातायातमा कार्यरत थिए। प्रहरीले घटनाको वास्तविक कारण र आगजनीको पृष्ठभूमिबारे थप अनुसन्धान अघि बढाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ