• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बाढी–पहिरोका कारण देश सङ्कटमा, सरकार मौन बस्न मिल्दैन : सांसद केसी

    119
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले रसुवाको नुवाकोटमा आएको विनाशकारी बाढी–पहिरोका कारण देशमा गम्भीर सङ्कट उत्पन्न भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले पछिल्लो पटक आएको बाढीले हजारौँ नागरिकको जनधनको क्षति पुर्‍याएको र दशौँ हजार नागरिकको जनजीवन प्रभावित भएको उल्लेख गरे।

    उनले सरकारलाई संवेदनशील बन्न आग्रह गर्दै भने, ‘बाढी–पहिरोको यो कठिन घडीमा हामी सम्पूर्ण एकताबद्ध भई पीडितहरूको उद्धार र राहत कार्यमा जुट्नुपर्ने हो। तर, सरकारको मौनताले पीडितहरूको घाउमा नुन चुक छर्कने काम गरेको छ।’

    सांसद केसीले बाढी–पहिरोबाट प्रभावित क्षेत्रमा रोग व्याधिको खतरा बढेको र उद्धार कार्य प्रभावकारी नभएको जिकिर गरे। उनले सङ्कटको घडीमा नाफा कमाउने गिरोहले दैनिक उपभोग्य वस्तुको मूल्य आकाश पुर्‍याएको बताउँदै कालोबजारी नियन्त्रण गर्न सरकारसँग माग गरे।

    उनले भने, ‘अहिले चामल, तेल, चिनी, मासु लगायतका खाद्य पदार्थमा कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गरिएको छ। अण्डा र सागसब्जी जस्ता अत्यावश्यक वस्तु सर्वसाधारणको पहुँच बाहिर पुगेको छ।’

    सांसद केसीले विपत्तिको समयमा नागरिकको चुलो बलेको सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व रहेको बताउँदै, यस विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए। उनले भने,‘यस्तो अवस्थामा सरकार मौन रहनु कुनै पनि हालतमा स्वीकार्य छैन।

    उनले नुवाकोट, बेत्रावतीदेखि गल्छीसम्म तत्काल बेलिब्रिज निर्माण गर्न र प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापना कार्यलाई तीव्रता दिन सरकारलाई आग्रह गरे। उनले सरकारलाई अविलम्ब सर्वदलीय समिति गठन गरी विपत्तिको सामना गर्न विशेष कदम चाल्न समेत सुझाव दिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ