• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    एटिएमबाट अब एक सय रूपैयाँ पनि झिक्न पाइने

    284
    SHARES



    काठमाडौँ । अब एटिएमबाट एक सय रूपैयाँ दरका नोट पनि निकाल्न पाइने भएको छ।

    बैंक तथा वित्तीय संस्थाहरूको मागअनुसार एटिएमबाट एक सय रूपैयाँ दरका नोटसमेत निकाल्न सकिने व्यवस्था गर्न लागिएको राष्ट्र बैंककी सहायक प्रवक्ता सुधा श्रेष्ठले जानकारी दिइन्।

    नजिकिँदो दसैंमा नयाँ तथा सुकिला नोट निकाल्न बैंकमा ग्राहकको भीड नलागोस् भन्ने उद्देश्यले बैंकरहरूले यस्तो व्यवस्था गर्न माग गरेका हुन्। राष्ट्र बैंकले केही वर्षयता दसैंमा नयाँ नोटको सट्टा सुकिला नोट वितरण गर्दै आएको छ।

    बैंक तथा वित्तीय संस्थाहरूले सुकिला नोट वितरणका लागि बैंकमै भीड बढ्नुको सट्टा एटिएमबाटै साना दरका नोट निकाल्न सकिने व्यवस्था गर्न सुझाव दिएका थिए।

    हालसम्म अधिकांश एटिएमबाट पाँच सय र एक हजार रूपैयाँ दरका नोट मात्रै निकाल्न मिल्ने व्यवस्था थियो। तर, यो सुविधा सबै एटिएमबाट नपाइने भएको छ। किनभने परम्परागत एटिएम मेसिनमा दुईवटा दरका नोट मात्रै राख्न सकिन्छ।

    अझै कतिपय एटिएम परम्परागत प्रविधिका भएकाले केही सीमित एटिएमबाट मात्रै एक सय रूपैयाँ दरका नोट निकाल्न सकिने भएको हो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ