• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    त्रिभुवन राजपथको अघोर बजार नजिकै सडक भासियो, राजमार्ग एकतर्फी सञ्चालन

    105
    SHARES



    काठमाडौं । त्रिभुवन राजपथ अन्तर्गत मकवानपुर भिमफेदी गाउँपालिका-९ अघोर बजार नजिकैको सडक खण्ड भासिएको छ । उक्त राजमार्ग अन्तर्गतको सडकको तल्लो भाग भसिन जाँदा राजमार्ग एकतर्फी मात्रै सञ्चालनमा रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

    सोमबार बिहान ९:४० बजेको समयमा भासिएको सडकखण्ड दुईतर्फी सञ्चालनमा ल्याउनका लागि सडक विभागसँग समन्वय गरी ट्रयाक बनाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

    सडक दुईतर्फी खुलाउनका लागि इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीको कमान्डमा ट्राफिकसहितको टोली परिचालन भएको छ ।

    पृथ्वी राजमार्गको कृष्णभिरमा त्रिशूलीको बाढीले सडक कटान गरेपछि हेटौंडा-काठमाडौं आउजाउ गर्ने वैकल्पिक राजमार्गको रूपमा त्रिभुवन राजपथ प्रयोग हुँदै आएको छ । जसका कारण यो राजमार्गमा सवारीको चाप छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ