• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    कभर स्टोरी राजनीति

    ‘प्रधानमन्त्री शाहले अध्यादेशको आडमा महिलामाथि हिंसा गरे’: कमलादेवी पन्त

    305
    SHARES



    काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलकी नेता कमलादेवी पन्त ले प्रधानमन्त्री बालेन शाह माथि अध्यादेश र बहुमतको आडमा महिलामाथि अन्याय गरेको आरोप लगाएकी छन्।

    सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद पन्तले प्रधानन्यायाधीश सिफारिस प्रकरणलाई लिएर प्रधानमन्त्री शाहको कदममाथि तीव्र आलोचना गरिन्। उनले सक्षम र सिनियर महिला न्यायाधीशमाथि राजनीतिक शक्ति प्रयोग गरेर अन्याय गरिएको दाबी गर्दै यसलाई “जघन्य महिला हिंसा” को संज्ञा दिइन्।

    उनले भनिन्,‘आफ्नो निजी जीवनसँग जोडिएका घटनामा अत्यन्त संवेदनशील देखिनुहुने सम्माननीय प्रधानमन्त्रीज्यू आज अर्को महिलामाथि बहुमतको अहंकार प्रदर्शन गरिरहनुभएको छ। महिला भएकै कारण निमित्त प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिरहेकी सिनियर महिलामाथि प्रहार गरिएको छ। अध्यादेश र अंकगणितको आडमा गरिएको यो कदमलाई आमरूपमा जघन्य महिला हिंसाका रूपमा हेरिएको छ।’

    पन्तले परिवर्तन र सुशासनको नारासहित बनेको वर्तमान सरकारले कार्यकालको सुरुवातमै अध्यादेशमार्फत संवैधानिक परिषद्को कार्यविधिमा हस्तक्षेप गरेर गलत अभ्यासलाई संस्थागत गर्न खोजेको आरोपसमेत लगाइन्।

    उनका अनुसार प्रधानमन्त्री शाहको कदमले सर्वोच्च अदालतको गरिमा, स्वतन्त्रता र जनविश्वासमाथि प्रत्यक्ष प्रहार गरेको छ। यसले न्यायपालिकाको निष्पक्षता र विश्वसनीयतामा दीर्घकालीन असर पर्ने खतरा पैदा गरेको उनको भनाइ थियो।

    पन्तले न्यायिक क्षेत्रको “निर्मल आकाशमा गलत अभ्यासको धब्बा लगाउने काम” भएको टिप्पणी गर्दै सरकारलाई संवैधानिक मर्यादा र लोकतान्त्रिक मूल्यप्रति जिम्मेवार बन्न आग्रह गरिन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ