• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    कभर स्टोरी राजनीति

    सरकारले दर्जनौँ बस्ती भत्काइसकेपछि सुकुमबासी नहटाउन सर्वोच्चको अन्तरिम आदेश

    420
    SHARES



    काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले काठमाडौं उपत्यका र बाहिरका दर्जनौँ सुकुम्वासी बस्तीमा डोजर चलाएर विध्वंश मच्चाइसकेको अवस्थामा सर्वोच्च अदालतले अंकुश लगाउने गरी आदेश दिएको छ।

    शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले काठमाडौं उपत्यकाको नदी किनार तथा सार्वजनिक स्थानका सुकुम्वासी तत्काल खाली नगर्न वालेन्द्र नेतृत्वको संघीय सरकारका नाम अन्तरिम आदेश दिएको हो ।

    त्यस्तै विस्थापित सुकुमबासी वा अव्यवस्थित बसोवासीहरूको हकमा उनीहरूको आवास, शिक्षा, स्वास्थ्य, खाद्यान्न समेतको आधारभूत आवश्यकता उपलब्ध गराउन र थप प्रभावकारी कार्य गराउनु भन्दै निवेदनको टुङ्गो नलागेसम्मका लागि विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरिएको हाे।

    गोपाल रन पहेली, माजिद अन्सारीसहितले यही वैशाख ११ गते सुकुमबासी बस्ती खाली गर्न लागिएको विरूद्ध रिट निवेदन दर्ता गरेका थिए। तर डोजर चल्नुअघि परेको उक्त रिटमा आदेश भने शुक्रबार आएको हो। उनीहरूले प्रधानमन्त्री वालेन्द्रको ठाडो निर्देशनअनुसार काठमाडौं महानगरपालिका र जिल्ला प्रशासन कार्यालयले नदी किनारका बस्ती खाली गर्न सूचना जारी गरेपछि रिट हालेका थिए ।

    त्यसबेला रिट निवेदकहरूले काठमाडौं उपत्यकासहित देशभरका नदी किनार र सार्वजनिक स्थानका सुकुम्वासी र भूमिहीनको पहिचान, प्रमाणीकरण र वैकल्पिक व्यवस्था गरेर मात्रै हटाउनुपर्ने माग गरेका थिए। उनीहरूले सुकुम्वासी बस्तीमाथि बलजफ्ती कारबाही नगर्न, डोजर नचलाउन माग गरेका थिए ।

    तर सर्वोच्चले यो मुद्दामा सुनुवाइ ढिलो गर्दा वालेन नेतृत्वको सरकारले कयौँ ठूला सुकुम्वासी बस्ती ध्वस्त बनाइसकेको छ। काठमाडौंको बागमती, मनोहरासहित नदी किनारका बस्ती पूरै भत्काइसकेको अवस्था छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ