• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    कांग्रेस कार्यसम्पादन समितिको बैठक वैशाख २ गते बस्ने

    287
    SHARES



    काठमाडौं । नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक वैशाख २ गते (बुधबार ) बस्ने भएको छ । वैशाख ४ गतेका लागि तोकिएको संसदीय दलको नेता चयन सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको जानकारी गराइएको छ ।

    बैठक पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने जानकारी गराइएको छ । संसदीय दलको नेतामा अर्जुनरसिंह केसी, भीष्म आङ्देम्बे, मोहन आचार्य, जनकराज गिरी लगायत आकांक्षी छन् ।

    कतिपयले नयाँ पुस्ताबाट संसदीय दलको नेता चयन हुनुपर्ने भन्दै निस्कल राईको नाम पनि अघि सारेका छन् । शीर्ष तहका नेताहरुले सर्वसम्मत् संसदीय दलको नेता चयन गर्ने गरी छलफल भइरहेको जानकारी गराएका छन् ।

    बैठकमा क्रियाशील सदस्यता अद्यावधिक, एक महिने ‘जरामा जाऔं अभियान’ लगायतमा पनि छलफल हुने जानकारी गराइएको छ । नयाँ वर्षको पहिलो दिनदेखि कांग्रेसले देशभर क्रियाशील सदस्यता अद्यावधिक गर्ने भएको छ । भोलि देखि नेताहरु खटाएर देशभर जरामा जाऔं अभियान सुरु गर्न लागिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ