• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    सभापति रविको सिफारिस पाएलगत्तै प्रधानमन्त्री बालेनद्वारा श्रममन्त्री साह पदमुक्त

    367
    SHARES



    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई बिहीबार पदमुक्त गरेका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहलाई पत्र लेखेर साहलाई जिम्मेवारी बाट अलग गराउन सिफारिस गरेका थिए ।

    सोहि सिफारिस पत्र पाएलगत्तै प्रधानमन्त्री बालेनले मन्त्री साहलाई पदमुक्त गरेका हुन् । साथै जनसंख्या मन्त्री निशा मेहतालाई सचेत गराउन सचेत गराउन समेत पत्रमा उल्लेख छ ।

    ‘पार्टीको विधानको धारा २५(४) (क)ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउन नदिन जिम्मेवारी सम्पेको र पदको दुरुपयोग भएको अवस्थामा विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने व्यवस्था भएकोले निज माननीय मन्त्रीलाई जिम्मेवारी अलग गर्नका साथै यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारीमा अपेक्षित गाम्भीर्यता नदेखिएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई सचेत गराउन सिफारिस गर्दछु’ लामिछानले बालेनलाई लेखेको सिफारिस पत्रमा उल्लेख छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ