• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा चौधरी

    151
    SHARES



    काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी निर्विरोध निर्वाचित भएकी छिन् । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले एमाले सांसद चौधरीलाई समिति सभापतिमा निर्विरोध निर्वाचित गरेको हो ।

    बैठकको सभापतित्व समितिका ज्येष्ठ सदस्य सभापति गोपालकुमार बस्नेतले गरेका थिए । सभापति बस्नेतले सांसद चौधरीलाई समिति सभापतिमा चयन गर्ने एक मात्र प्रस्ताव राखेकोमा उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

    समिति सभापतिमा सर्वम्मत भएपछि चौधरीले देश र जनताको हितमा कानुन तर्जुमा गर्दा संविधानको मातहतमा रही आवश्यक अध्ययन, अनुसन्धानसहित निष्पक्ष तरिकाले जिम्मेवारी बहन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    कुनै आग्रहबिना सबैसँगको समन्वय र सहकार्यसहित काम कारबाही अगाडि बढाउने उनको भनाइ छ । समितिले चयन भएर आएका नयाँ सांसदहरूलाई स्वागत समेत गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ