• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    एमाले सचिवालय बैठक बस्दै, कार्यवाहक अध्यक्ष बादललाई जथाभावी नबोल्न ‘सचेत’ गराउने

    229
    SHARES



    काठमाडौं । नेकपा एमालेले कार्यवाहक अध्यक्ष एवम् संसदीय दलका नेता रामबहादुर थापा (बादल)लाई पार्टीको मूल्य मान्यता विपरीत जथाभावी नबोल्न सचेत गराउने भएको छ । आजको सचिवालय बैठकबाट बादललाई सचेत गराइने एक नेताले जानकारी दिए ।

    एमाले सचिवालय बैठक आज दिउँसो एक बजे बोलाइएको छ । बादलले १९ चैतको संसद बैठकमा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन तथा फागुन २१ को चुनावको सन्दर्भमा सम्पूर्ण परिणाम षड्यन्त्र र यी निकायहरूको मिलेमतोमा आएको खालको अभिव्यक्ति दिएका थिए ।

    साथै एमालेले लिँदै आएका शासकीय अडानहरूको विपरीत हुनेगरी नेपाली सेना, कर्मचारीदेखि विदेशी निकायहरूलाई समेत आरोपित गरेका थिए ।

    उनको विवादित अभिव्यक्तिले एमालेमा तरंग छ । उपाध्यक्ष विष्णु पौडेलले बादलको अभिव्यक्तिबारे आजको सचिवालय बैठकमा गम्भीरतापूर्वक छलफल हुने र ‘उचित’ निर्णय हुने बताएका छन् ।

    बादल एमालेको समानुपातिकतर्फबाट अहिले सांसद छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि बादल कार्यवाहक अध्यक्ष र संसदीय दलको नेताको जिम्मेवारीमा छन् ।

    नेता बादलको विवादित अभिव्यक्तिप्रति नेकपा एमालेका अर्का नेता सुरेन्द्र पाण्डेले पनि टिप्पणी गर्दै पछिल्लो राजनीतिक वातावरण सिर्जना हुनुमा एमाले पनि दोषी रहेको र एमाले नेतृत्वको तत्कालीन सरकारको अकर्मण्यता जिम्मेवार रहेको बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ