• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    अनुशासन उल्लंघनको आरोप लागेकालाई कांग्रेसले सोध्यो ७ दिने स्पष्टीकरण

    161
    SHARES



    काठमाडौं । नेपाली कांग्रेसले अनुशासन उल्लंघनको आरोप लागेका व्यक्तिलाई ७ दिनभित्र स्पष्टीकरण सोधेको छ ।

    मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको अनुशासन आयोगको बैठकले ७ दिनभित्र स्पष्टीकरण र सफाइ माग गर्ने निर्णय गरेको हो ।

    ‘छानबिनबाट वर्गीकरण गरिएका उजुरीको हकमा अनुशासन उल्लंघन गरिएको भनी आरोप लागेका व्यक्तिबाट ७ दिनभित्र स्पष्टीकरण र सफाइ माग गर्ने निर्णय भएको छ,’ अनुशासन समितिका संयोजक तारामान गुरुङले जानकारी दिए ।

    उनका अनुसार निम्न व्यक्तिको हकमा हुनेछ अनुशासनको कारबाही– निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र प्रस्तावक समर्थक बसेकाको बारेमा ।

    निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध प्रचार प्रसारमा प्रत्यक्ष सहभागी भएका ।

    पार्टी उम्मेदवारका विरुद्ध प्रत्यक्ष रुपमा विपक्षलाई टेवा पुर्‍याएका ।

    नेपाली कांग्रेसलाई मत नमागी साइलेन्स किलिङको काम गरेका ।

    नेपाली कांग्रेसबाट जनप्रतिनिधि निर्वाचित भइ प्रतिनिधिसभाको निर्वाचनमा विपक्षीलाई सहयोग गरेका ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ