• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    बालेन सरकार वैदेशिक शक्तिको ‘कठपुतली’ र ‘फासीवादी’ : क्रान्तिकारी कम्युनिस्ट पार्टी

    313
    SHARES



    काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारलाई वैदेशिक शक्तिको ‘कठपुतली’ र ‘फासीवादी’ भएको आरोप लगाएको छ ।

    पार्टीका प्रवक्ता सुदर्शनद्वारा जारी गरिएको प्रेस वक्तव्यमा यस्तो आरोप लगाइएको हो । वक्तव्यमा विदेशीको सहयोगमा ‘जेनजी विद्रोह गराई नेपालमा कठपुतली सरकार लादिएको दाबी गरिएको छ ।

    पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी भएको निर्वाचनलाई नाटकको संज्ञा दिँदै उक्त निर्वाचन आफूहरूले बहिष्कार गरेको समेत स्पष्ट पारेको छ ।

    प्रेस–वक्तव्यमापर्याप्त कानुनी प्रक्रिया नपुऱ्याई फासीवादी शैलीमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको समेत जिकिर गरिएको छ । सरकारको यो कदमलाई पार्टीले ‘ट्रम्प शैलीको नेपाली संस्करण’को रूपमा व्याख्या गरेको छ ।

    साथै, वक्तव्यमा जनवर्गीय संगठन र ट्रेड युनियनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको तयारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ