• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    अमेरिकामा रणनीतिक पेट्रोलियम भण्डारबाट तेल निष्कासन सुरु

    144
    SHARES



    एजेन्सी । संयुक्त राज्य अमेरिकाले आफ्नो रणनीतिक पेट्रोलियम भण्डारबाट पहिलो चरणमा ४ करोड २५ लाख ब्यारेल तेल कम्पनीहरूका लागि छुट्याएको छ ।

    अमेरिकी ऊर्जा मन्त्रालयको वेबसाइटमा प्रकाशित विज्ञप्ति अनुसार, योजनाबद्ध १७ करोड २० लाख ब्यारेल कच्चा तेलमध्ये पहिलो चरणमा ४ करोड २५ लाख ब्यारेल तेल कम्पनीहरूका लागि छुट्याएको हो ।

    विज्ञप्ति अनुसार, अमेरिकाले आफ्नो रणनीतिक भण्डारबाट ४ करोड २५ लाख ब्यारेल तेल निष्कासन गर्ने पहिलो चरणको प्रक्रिया सुरु गरिसकेको छ । यसको आपूर्ति गत शुक्रबारदेखि सुरु भएको हो ।

    ऊर्जा मन्त्रालयले पहिलो चरणमा रणनीतिक भण्डारबाट तेल प्राप्त गर्ने कम्पनीहरूले पछि कूल ५ करोड ५० लाख ब्यारेल तेल फिर्ता गरेर भण्डार भर्ने अपेक्षा गरेको छ ।

    यसअघि मार्च १२ मा ऊर्जा मन्त्रालयले अमेरिकी प्रशासनले १२० दिनको अवधिमा राष्ट्रिय रणनीतिक भण्डारबाट कूल १७ करोड २० लाख ब्यारेल तेल निष्कासन गर्ने घोषणा गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ