काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १० लाख मत कटाएको छ। निर्वाचन आयोगका अनुसार हालसम्म १९ लाख ७९ हजार १८१ मत गणना हुँदा रास्वपाले १० लाख १६ हजार ६७७ मत प्राप्त गरेको छ।
समानुपातिकतर्फ नेपाली कांग्रेसले ३ लाख ३७ हजार ७३२, नेकपा (एमाले)ले २ लाख ६९ हजार ७० तथा नेकपाले १ लाख १८ हजार ९२० मत प्राप्त गरेका छन्। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ७३ हजार १८१ र श्रम संस्कृति पार्टीले ४२ हजार ७८७ मत पाएका छन्। राष्ट्रिय परिवर्तन पार्टीले २३ हजार ६२४ मत प्राप्त गरेको छ।
यसैगरी जनता समाजवादी पार्टी नेपालले १३ हजार ६८९, नेपाल मजदुर किसान पार्टीले ९ हजार ७५८, राष्ट्रिय मुक्ति पार्टी नेपालले ९ हजार १२१, जनमत पार्टीले ८ हजार ६०३, नेपाली कम्युनिस्ट पार्टीले ५ हजार ८८४, राष्ट्रिय जनमोर्चाले ५ हजार ५५० तथा राष्ट्र निर्माण दल नेपालले ५ हजार ५२५ मत प्राप्त गरेका छन्।
यसैबीच प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतगणना पनि जारी छ। हालसम्म १२९ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक हुँदा रास्वपाले १०० सिट जित्दै अग्रता कायम गरेको छ। प्रत्यक्षतर्फ दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ। कांग्रेसले १४ सिट जितेको छ भने नेकपा (एमाले)ले ७ सिटमा विजय हासिल गरेको छ।
त्यस्तै नेकपाले ६ सिट, राप्रपाले १ सिट र एक स्वतन्त्र उम्मेदवारले १ सिट जितेका छन्। रास्वपाले जितेका १०० सिटमध्ये काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, रवि लामिछाने, स्वर्णिम वाग्ले, शिशिर खनाल, तोसीमा कार्की, इन्दिरा राना मगर, सोविता गौतम, हरि ढकाललगायत उम्मेदवार विजयी भएका छन्।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।
प्रतिक्रिया