• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    मधेशका ४ जिल्लाका आज गगन थापाको चुनावी सभा

    158
    SHARES



    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज (शनिबार) मधेश प्रदेशका चार जिल्लाका चुनावी सभामा सम्बोधन गर्ने भएका छन् ।

    उनले सर्लाही, रौतहट, बारा र पर्सामा हुन गइरहेका चुनावी सभालाई सम्बोधन गर्ने भएका हुन् ।चुनावी सभाहरूमा जाने क्रममा सभापति थापा रोड शोमा पनि सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

    सभापति थापाले शुक्रबार रुपन्देही, कपिलवस्तु, बाग्लुङ र कास्कीमा भएको चुनावी सभालाई सम्बोधन गरेका थिए ।

    त्यसअघि बिहीबार चुनावी सभाहरू सम्बोधन गर्न उनी सुर्खेत र बाँके पुगेका थिए । सभापति थापाले आइतबार काठमाडौंमा हुने कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    ६ फागुन जनकपुरधाममा पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक गरेपछि ७ फागुनमा उनले काठमाडौंको राष्ट्रिय सभागृहमा प्रतिज्ञा पत्रबारे चर्चा गर्दै प्रश्नहरूको जवाफ दिएका थिए ।

    बुटवलको सभामा उपसभापति पुष्पा भुषाल गौतम पनि थिइन् भने पोखराको सभामा उपसभापति विश्वप्रकाश शर्मा रहेका थिए ।

    शनिबार सभापति थापा एक्लै मधेशका चुनावी सभाहरूमा जानेछन् भने आइतबारको सभामा उपसभापति शर्मा पनि सहभागी हुने छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ