• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    प्रचण्डले आज रोल्पाबाट चुनावी अपिलसहित सार्वजनिक सम्बोधन गर्दै

    358
    SHARES



    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रोल्पाबाट चुनावअघिको अन्तिम सार्वजनिक सम्बोधन गर्ने भएका छन् ।

    रोल्पा सदरमुकाम लिबाङस्थित टुँडिखेलमा शनिबार उनले २१ फागुनको चुनावका लागि सार्वजनिक अपिल गर्ने भएका हुन् ।

    चुनावअघि देशभर कुनै ठूला कार्यक्रम नरहेका र रोल्पाबाट सार्वजनिक सन्देशसहित सम्बोधन गर्ने पूर्वप्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

    प्रचण्डको सम्बोधनलाई भव्य बनाउन पार्टीले व्यापक तयारी गरेको जिल्ला इन्चार्ज राजबहादुर बुढाले बताए । उनकाअनुसार शनिबार लिबाङमा करिब १५ हजार मानिसले प्रचण्ड सहभागी कार्यक्रमलाई प्रत्यक्ष अवलोकन गर्ने छन् ।

    ‘नेपाली क्रान्तिका नायक प्रचण्डले रोल्पाबाट चुनावी सम्बोधन गर्नु आफैंमा अर्थपूर्ण हुनेछ,’ उनले भने, ‘रोल्पाबाटै निर्णायक अवस्थामा सम्बोधन गर्नु रोल्पालीप्रतिको उहाँको सम्मान पनि हो भन्ने हामीले बुझेका छौं ।’

    १० वर्षे सशस्त्र युद्धका क्रममा अधिकांश समय प्रचण्डले रोल्पामा बिताएका थिए । रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार रहेका प्रचण्डका विश्वासपात्र वर्षमान पुन ‘अनन्त’ रोल्पाबाट उम्मेदवार छन् ।

    लिबाङको हुने चुनावी सभालाई संयोजक प्रचण्डसँगै उम्मेदवार पुन, पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वसभामुख ओनसरी घर्तीमगरलगायतका नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ