• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर नेकपाले भनेको ६ बुँदामा के-के भन्यो ?

    299
    SHARES



    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी निर्वाचन र यसको तयारीबारे पार्टीको धारणा सार्वजनिक गरेको छ।

    उक्त पत्रकार सम्मेलनमा नेकपाले तोकिएकै समयमा निर्वाचन हुनुपर्नेमा अडान लिइँदै आएको र अहिले आएर यो निर्णय वस्तुगत परिस्थितिको सही विश्लेषण थियो भन्ने पुष्टि भएको बताएको छ।

    सबैको सामूहिक प्रयासबाट देश निर्वाचनको निर्णायक चरणमा पुगेको भन्दै नेकपाले देशलाई सहि दिशामा नेतृत्व गर्न सक्षम शक्ति नेकपा नै रहेको पनि दाबी गरेको छ।

    ‘हामी दृढ विश्वासका साथ भन्न चाहन्छौँ—देशलाई इमान्दारिताका साथ सही दिशामा नेतृत्व गर्न सक्षम शक्ति हाम्रो पार्टी मात्र हो,’ नेकपाले पत्रकार सम्मेलनमार्फत भनेको छ। नेकपाले मुलुक अहिले दुई प्रकारको अतिवादको सामना गरिरहेको दाबी गरेको छ।

    ‘एकातिर दलाल र बिचौलियाको आडमा कुशासनका श्रृंखलाहरु चलाउने र अभिव्यक्ति स्वतन्त्रता एवं सुशासनको माग गर्दै सडकमा उत्रिएका युवाहरूको आन्दोलनलाई दमन गर्ने अतिवादी प्रवृत्ति हावी छ । अर्कोतर्फ, जनभावनालाई निहित समूहहरुको स्वार्थमा प्रयोग गर्दै लोकतन्त्रका आधारस्तम्भ मानिने राष्ट्रपति भवन, व्यवस्थापिका संसद, सिंहदरबार, सर्वोच्च अदालत जस्ता राष्ट्रिय सम्पदामाथि आगजनी र आक्रमण गर्ने अर्को अतिवाद छ,’ नेकपाले भनेको छ।

    दुवै प्रकारका अतिवाद लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, राजनीतिक स्थिरता र समृद्धिका लागि हानिकारक भएकाले नेकपाले दुवै प्रकारका अतिवादको सशक्त विरोध गर्ने बताएको छ। नेकपाले निर्वाचन आचारसंहिता उल्लंघन भएका विभिन्न गतिविधिप्रति पनि आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

    ‘सञ्चारमाध्यमहरूमा पत्रकारिताको न्यूनतम मान्यता र निर्वाचन आचारसंहिता विपरीत भ्रामक र गलत सूचना फैलाएर हाम्रो पार्टीलाई अवमूल्यन गर्ने प्रयासमा निरन्तर लागिरहेका छन्,’ नेकपाले भनेको छ।

    नेकपाले अहिले पनि निर्वाचन बिथोल्न चाहने शक्तिहरू सक्रिय रहेको दाबी गरेको छ। यस्तो अवस्थामा स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले प्रभावकारी भूमिका निर्वाह गर्न पनि आग्रह गरेको छ।

    ‘निष्पक्ष, स्वतन्त्र र भयमुक्त निर्वाचन सुनिश्चित गर्न स्पष्ट निर्णय, कडा निगरानी र आचारसंहिता कार्यान्वयनमार्फत जनविश्वास सुदृढ गर्नु निर्वाचन आयोगको संवैधानिक दायित्व समेत रहेकोले आयोगले विगतमा झैं आफ्नो दायित्व कुशलतापूर्वक निर्वाह गर्नेछ भन्ने हामीले अपेक्षा राखेका छौं,’ नेकपाले भनेको छ।

    नेकपाले नागरिकहरूलाई दलहरूले प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गरिसकेको र त्यसको आधारमा दलहरुको इतिहास, प्रतिबद्धता अध्ययन गर्दै इतिहासको उपलब्धिहरूको रक्षा गरी परिवर्तन स्थायित्व तथा समृद्धीको पक्षमा उभिन आग्रह गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ