• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    राजकुमार शर्मा नेकपाबाट निष्कासित, प्रदेश सभामा दिइयो जानकारी

    327
    SHARES



    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशसभा संसदीय दलका सदस्य तथा पार्टीका केन्द्रीय सदस्य राजकुमार शर्मालाई पार्टीबाट निष्कासन गरेको छ।

    पार्टीको मंगलबार बसेको केन्द्रीय समितिको बैठकले उनलाई साधारण सदस्यसमेत नरहने गरी केन्द्रीय समिति लगायत दलको सम्पूर्ण जिम्मेवारी र कर्णाली प्रदेश संसदीय दलको सदस्यबाट समेत निष्कासन गर्ने निर्णय गरेको हो।

    कर्णाली प्रदेशसभा दलको कार्यालय, वीरेन्द्रनगरले प्रदेशसभा सचिवालयलाई पत्राचार गर्दै उक्त निर्णयको जानकारी गराएको छ।

    प्रमुख सचेतक कृष्णबहादुर जि.सी. द्वारा हस्ताक्षरित पत्रमा शर्माले पार्टीको नीति, सिद्धान्त, उद्देश्य र आचरणविपरीत कार्य गरेको तथा पार्टीको विधान, २०८२ र कर्णाली प्रदेश संसदीय दलको विधान, २०८२ को प्रतिकूल गतिविधि गरेको उल्लेख गरिएको छ।

    पत्रमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (२) र (५) अनुसार पार्टी सदस्यबाट निष्कासन भएपछि उनी प्रदेशसभा सदस्यको रूपमा नरहने कानूनी व्यवस्था रहेको जनाउँदै आवश्यक कारबाही गर्न प्रदेशसभा सचिवालयसँग अनुरोध गरिएको छ।

    साथै दफा ३४ को उपदफा (१) बमोजिम दल त्याग गरेको सूचना पनि दिइएको जनाइएको छ। लुम्बिनीको पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) पनि पार्टीको विरूद्ध बागी उम्मेदवारी दिएपछि निष्कासित भएका थिए।

    केसी दाङको निर्वाचन क्षेत्र १ बाट नेकपाका उम्मेदवार मेटमणि चौधरीका विरूद्ध बागी उम्मेदवारी दिएका हुँदा नेकपाले उनलाई पनि कारबाही गरेको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ