• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    विपक्षीहरू पनि हाम्रै पार्टीको राम्रो माहोल बन्दै गएको भन्न थाले : प्रचण्ड

    355
    SHARES



    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको माहोल आफ्नो पार्टीतिर बढदै गएको दाबी गरेका छन् ।

    बुधबार पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले विपक्षी राजनीतिक दलहरूले समेत निर्वाचनको माहौला आफ्नो पार्टीको पक्षतिर गएको भन्ने निष्कर्षमा पुगेको जिकिर समेत गरे ।

    ‘यो मैले मात्रै भनेको होइन–हाम्रा विपक्षहरू, विपक्ष राजनीतिक दल, बुद्धिजीविहरू, पत्रकारहरू सबैले पनि आज भोलि भन्न के थालेको छन भने–नेपाली कम्युनिष्ट पार्टीको सोचेभन्दा राम्रो हुँदै गएको छ है भन्नेमा कसैको विमति छैन,’ प्रचण्डले भने, ‘पहिला त हामीलाई बडो हेपेर भन्ने गर्थे– एकदम कम ल्याउँछ, भनेजस्तो आउँदै आउँदैन भन्थे केही मान्छेहरू । ती मान्छेहरू पनि अहिले नेपाली कम्युनिष्ट पार्टी कम्पिटिशनमा गयो । अहिले ४ वटाको बीचमा प्रतिस्पर्धा हुन्छ भन्ने बजार पनि चर्चा छ ।’

    संयोजक प्रचण्डले नेपाली कम्युनिष्ट पार्टीको प्रत्यक्षतर्फको निर्वाचनमा राम्रो नतिजा आउने देखिएको उल्लेख गर्दै सबैभन्दा उत्कृष्ट पार्टी बनाउने गरी मेहनतका साथ निर्वाचनको प्रचार अभियानमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

    नयाँ भनिएका राजनीतिक दलहरूले नयाँ ठाउँमा निर्वाचनको केही माहौल देखिएपनि पुराना ठाउँहरूमा त्यो नदिएको समेत उनको भनाइ थियो । प्रचण्डले आफ्नो पार्टी, कांग्रेस, एमाले र रास्वपाबीच निर्वाचनमा कडा प्रतिस्पर्धा हुने पनि बताए ।

    ‘हाम्रो पार्टी नेपाली कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले) र रास्वपाका बीच कडा प्रतिष्पर्धा हुँदैछ देशभरीको निर्वाचनमा भन्ने भनाई सबैले स्वीकारेका छन् । मलाई लाग्छ–आउँदो १०, १५ दिनपछि नेपाली कम्युनिष्ट पार्टीले टप्यो, गइसक्यो अगाडि भन्ने वातावरण बन्नेछ भन्ने मेरो विश्वास छ । हामी सबैले मेहनत गर्‍यौँ भने अहिले त्यो परिस्थिति बन्दैछ,’ प्रचण्डको दाबी छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ