• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    राष्ट्रियसभामा आज चलचित्र विधेयक २०८१ पेश गर्दै प्रधानमन्त्री कार्की

    145
    SHARES



    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेकी प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रियसभामा ‘चलचित्र विधेयक, २०८१’ पेश गर्ने भएकी छन्।

    सङ्घीय संसद् सचिवालयका अनुसार अपराह्न १ः१५ बजे बस्ने राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री कार्कीले उक्त विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव राख्दै पारितका लागि सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

    आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम पनि तय भएको छ।

    यस्तै, विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेश गर्नेछिन्।

    बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदन २०८२ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समेत समावेश गरिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ