• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    मेघालय कोइला खानी विस्फोटमा मर्नेको संख्या २५ पुग्यो

    295
    SHARES



    काठमाडौं । भारतको मेघालयमा अवैध कोइला खानीमा भएको विस्फोटमा परी पर्नेको संख्या २५ पुगेको छ ।

    मेघालयको इस्ट जयन्तिया हिल्स जिल्लामा रहेको अवैध कोइला खानीमा भएको विस्फोटमा परी मर्नेको संख्या २५ पुगेको हो ।

    इस्ट जयन्तिया हिल्स जिल्लाका प्रहरी उपरीक्षक विकास कुमारले उद्दार टोलीले खानीबाट थप चार शव बरामद गरेको बताएका छन् । उनले घटनाबारे अनुसन्धान र उद्दारको काम जारी रहेको पनि बताएका छन् ।

    मेघालयको उमप्लेङ प्रहरी चौकीको क्षेत्राधिकार भित्र पर्ने कोइरला खानीमा बिहीबार बिहान डायनामाइट विस्फोट भएको थियो ।

    प्रहरीले बरामद भएका २५ मध्ये १७ शवको सनाखत भएको छ । सनाखत भएका शवहरू कानुनी प्रक्रिया पुर्‍याएर आफन्तलाई बुझाइएको छ ।उक्त विस्फोटमा परी २ जना नेपालीको समेत मृत्यु भएको छ ।

    खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरी सालघारीका एकैघरका दाइ २७ वर्षीय पूर्णबहादुर खपाङ्गी र भाइ २४ वर्षीय सुरेन्द्र खपाङ्गीको मृत्यु भएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ