• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    जंगलराजले चिनिएको सप्तरी आधुनिक युगतर्फ अघि बढ्दैछ : सिके राउत

    289
    SHARES



    काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जंगलराजबाट चिनिएको सप्तरी आधुनिक युगतर्फ अघि बढेको दाबी गरेका छन् । सप्तरी–२ मा प्रतिनिधिसभा उम्मेदवार रहेका अध्यक्ष राउतले भिडिओ सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।

    ‘हाम्रो सप्तरी जंगलराजबाट परिचित छ । खाली जंगलराज, गुण्डाराज, दमनशोषण, गाउँगाउँमा अशान्ति, एकअर्कासँग झै–झगडा, मुद्दामामिला । सप्तरी पूरा मुद्दामामिलाका लागि परिचित छ,’ राउतले भनेका छन्, ‘हामी चाहन्छौँ–त्यो जंगलराज, गुण्डाराज हटाएर विकास, आधुनिक र अन्तरीक्ष युगमा प्रवेश गराउन चाहन्छौँ ।’

    त्यही कामका लागि आफूलाई मतदान गर्न उनले आग्रह गरे । जनमत सरकार रहेकै बेला सप्तरी विकासको बाटोमा अघि बढेको पनि उनले दाबी गरे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ