• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश

    सुन र चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

    1K
    SHARES



    काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन र चाँदी दुवैको भाउ ह्वात्तै घटेको हो ।

    महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँ तोकेको छ । बुधबार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ कायम थियो । यसरी हेर्दा आज सुनको मूल्य तोलामा एकैदिन ९ हजार ५०० रुपैयाँले घटेको छ ।

    यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । हिजो प्रतितोला ५ हजार ६०० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ६२० रुपैयाँले घटेर ४ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    त्यसैगरी, महासंघले आज १० ग्राम सुनको मूल्य २ लाख ५३ हजार ८५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य ४ हजार २७० रुपैयाँ तोकेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ