• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय

    एनसिपी अध्यक्ष अजित पवारसहित ५ जना सवार थिए विमानमा, सबैको मृत्यु

    2.3K
    SHARES



    काठमाडौँ । भारत पुणेको बारामतिमा जहाज दुर्घटना भएको विमानमा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित ५ जना सवार रहेको खुलेको छ।

    भारतीय अखबार हिन्दुस्तान टाइम्सका अनुसार दुर्घटनामा परी उनीहरू सबैको मृत्यु भएको पुष्टि भएको छ। ६६ वर्षीय पवार नेश्नलिस्ट कंग्रेस पार्टी (एनसिपी) का अध्यक्ष पनि हुन्।

    दुर्घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले मुख्यमन्त्री देवेन्द्र फडनविससँग कुराकानी गरी घटनाबारे जानकारी लिएका छन्।

    हिन्दुस्तान टाइम्सका अनुसार अजित पवारसहित विमानमा उनका सुरक्षामा खटिएका २ सुरक्षाकर्मी र दुई जना पाइलट गरी ४ जना सवार थिए।ती सबैको मृत्यु भएको पुष्टि भएको भारतीय उड्डयन प्राधिकरणलाई उद्धृत गरेर त्यहाँका सञ्चारमाध्यमहरूले लेखेका छन्।

    बिहान ८:४८ बजे बारामति विमानस्थलमा अवतरण गर्ने क्रममा पवार सवार रहेका भिटी एसएसकेको लियरजेट ४५ विमान दुर्घटना भएको हो। विमान अवतरण क्रममा चिप्लिएर धावनमार्गबाट बाहिर पुगेको थियो।

    दुर्घटना भएपछि विमानमा आगलागी भएको थियो। घटनालगत्तै त्यहाँ उद्धारकर्मी परिचालन गरिएको छ। उद्धार क्रममा कोही पनि जीवित नभेटिएको भनेर भारतको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

    पवार आफ्नो गृहजिल्लामा आयोजना हुने चार वटा कार्यक्रममा सहभागी हुन बारामति जाँदै थिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ