• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    रोचक-विचित्र

    बिहे गरेर घरमा भित्र्याएकै रात बेहुलीले जन्माइन् छोरी, बेहुलाले गाउँलेलाई बाँडे मिठाइ

    1.3K
    SHARES



    नयाँ दिल्ली । बिहे गरेर घरमा भित्र्याएकै रात बेहुलीले सन्तानलाई जन्म दिएको घटना आफैँमा नौलो हो । अझ बिहे लगत्तै पत्नीले सन्तानलाई जन्मदिएको खुसीमा गाउँलेलाई मिठाइ बाँड्नु पनि दुर्लभ घटना हो ।

    भारतको उत्तर प्रदेश राज्यको रामपुर जिल्लामा यस्तै एउटा घटना प्रकाशमा आएको छ । अजीमनगर थाना क्षेत्रको कुम्हरिया गाउँमा बिहे भएको केही घण्टामै बेहुलीले सन्तान जन्माएकी छन् ।

    भारतीय सञ्चारमाध्यमका अनुसार कुम्हरिया गाउँ निवासी युवक रिजवानको बिहे बहादुरगंज गाउँ निवासी युवतीसँग हुने तय भइसकेको थियो । दुवैबिच लामो प्रेम सम्बन्ध थियो । बिहेको तयारीका सम्बन्धमा दुवै परिवारबिच छलफल भइरहेको थियो ।

    केही दिनअघि अजीमनगर थाना क्षेत्रको मुरसैना प्रहरी चौकीमा पुगेर युवतीले बिहे गराइदिन माग गर्दै निवेदन दिएकी थिइन् । गाउँका प्रधानसहितको उपस्थितिमा दुवै पक्षबिच आपसी सहमतिमा बिहे तय गरिएको थियो ।

    सोही अनुसार शनिबार केही आफन्त लिएर बेहुला आफ्नी प्रेमिकासँग बिहे गर्न बहादुरगंज गाउँ पुगे । उनीहरूको परम्परागत तरिकाबाट विवाह भयो । राति बेहुली भित्र्याउने प्रक्रिया पूरा भयो । सोही रात बेहुलीलाई व्यथा लाग्यो । राति नै बेहुलीले स्वस्थ शिशुलाई जन्म दिएको बताइएको छ ।

    छोरी जन्मिएको खुसीमा बेहुलाले आइतबार गाउँलेलाई मिठाइ बाँडेका थिए । अजीमनगर थाना प्रमुख कारण सिंहका अनुसार दुवैबिच पहिलादेखि नै प्रेम सम्बन्ध रहँदै आएको र सोही क्रममा युवती गर्भवती रहेको प्रकाशमा आएको छ । दुवै जना आपसमा मिलेर घरजम गर्न तयार रहेका कारण कुनै प्रकारको उजुरी नपरेको उनको भनाइ छ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ